न्यु पि.एम सप्लायर्स खुल्ला भलिबल प्रतियोगिताको उपाधी मणिमुकुन्द भलिबल क्लबलाई

प्रकाशित मिति:

सबलपोस्ट/ बुटवल – न्यु पि यम सप्लायर्स प्रथम खुल्ला भलिबल प्रतियोगिताको नतिजा मणिमुकुन्द भलिबल क्लबले जितेको छ। पौष १० गतेबाट तिलोत्तमा १ नयाँमिलमा सुरु भएको खेलमा १८ टिमको सहभागीता रहेको थियो । फाइनल खेलमा मणिमुकुन्द भलिबल क्लबले मदन भण्डारी स्पोर्ट्स क्लब नयाँगाउँ लाई २५/१५, २५/१८,२५/२३को सोझो सेटले जितेको थियो। त्यस्तै आयोजक भर्सेस उषा युबा क्लब पाल्पा बिच भएको खेलमा आयोजक न्यु पियम सप्लायर्स सिले जितेको छ । खेल नक आउट सिस्टमबाट खेलाइएको थियो।

एक कार्यक्रम बिच समापन :

पौष १० गते बाट सुरु भएको भलिबल प्रतियोगिता एक कार्यक्रम गरि समापन गरिएको छ। न्यु पियम सप्लायर्सका सञ्चालक पदम न्यौपानेको अध्यक्षता रहेको कार्यक्रमका प्रमुख अतिथी तिनपा वाड न १ का वडा अध्यक्ष तामनाथ पान्डे रहनु भएको थियो। “खेल क्षेत्रमा लागेर पनि आफ्नो भविस्य सुनिस्चित गर्न सकिन्छ ,आफुलाइ अनुशासनमा राखेर देशको लागि समेत खेलकुद मार्फत धेरै दिन सकिने कुरा प्रमुख अतिथिले बताउनुभएको थियो।

न्यु पियम सप्लायर्सका सञ्चालक एवं कार्यक्रम संयोजक महेन्द्र जंग कुवरले आगामी दिनमा समेत यस्तै र अन्य खेलकुदको आयोजना गर्ने साथै, युबाहरुलाइ खेल क्षेत्रमा अगाडि बड्न आफुले सक्दो सहयोग गर्ने बताएका छन। खेलाडीलाई पुरस्कार, मेडल प्रदान गरेर समापन गरिएको उक्त कार्यक्रमको सञ्चालन सन्दिप जिसिले गरेका थिए ।