न्यू लाइफद्धारा पत्रकार सम्मेलन

प्रकाशित मिति:

प्रकाश न्यौपाने/ बर्दघाट – न्यू लाइफ माध्यमिक विद्यालय तथा कलेजद्धारा आफ्नो पच्चिसौँ वर्ष पुरा गरेको अवसरमा मनाउन गईरहेको रजत महोत्सवका विषयमा आज एक कार्यक्रमका वीच प्रत्रकार सम्मेलन गरि आफ्ना कार्यक्रमहरुबारे जानकारी गराएको छ । जसमध्ये पौष १८ गते उद्घाटन समारोह प्रदेश न.ं ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालको प्रमुख आतिथ्यतामा समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै गरि पौष १९ गते शनिबार बर्दघाट नगरस्तरीय शिक्षक भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

पौष २० गते आइतबार पारिजात सामुदायिक वन तथा उपभोक्ता समितिको सहकार्यमा अशोकाका विरुवाहरु पारिजात वनले स्थापना गर्न लागेको हरियाली पार्कमा वृक्षारोपण गरिने साथै सोही दिन नगर तथा सार्वजनिक स्थल सरसफाई कार्यक्रम गरिने बताएको छ । त्यस्तै गरि पौष २१ गते सोमबार नेपाल रेडक्रस सोसाइटी माकर उपशाखासंगको सहकार्यमा स्वास्थ्य शिविर, नेत्र दान, रक्त दान र दीन दुःखी सहयोग गर्ने कार्यक्रम रहेको छ । त्यस्तै गरि पौष २२ गते मंगलबार पाँच किलोमिटरको खुल्ला दौड प्रतियोगित र खुल्ला कविता वाचन प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम गर्ने बताइएको छ ।

पौष २३ गते बुधबार यस विद्यालयमा अध्यापन गरिरहेको विद्यार्थीहरुले विज्ञान प्रदर्शनी तथा खाना महोत्सब (फुड फेस्टिवल) गर्ने त्यस्तै गरि पौष २४ गते विहिबार पूर्व एस.एल.सी/एस.ई.ई. उत्तीर्ण विद्यार्थी लगाएत विविध क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्दै आफ्नो रजत महोत्सब कार्यक्रमको समापन गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक सन्तोष अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । पत्रकार सम्मेलन कार्यक्रममा न्यू लाइफ मा.विका प्रबन्ध निर्देशक डिल बहादुर अधिकारीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन प्रकाश न्यौपानेले गर्नुभएको थियो भने पत्रकारहरुले राखेका जिज्ञाशाहरुको संबोधन प्रधानाध्यापक सन्तोष अधिकारी क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरु र मा.वि.तथा कलेजका शिक्षक/शिक्षिका गरि करिव एक सय जनाको उपस्थिति रहेको थियो ।