एसिड आक्रमणमा परेकी मुस्कानलाई रिचार्जर एपको सहयोग

प्रकाशित मिति:

एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई सहयोग गरिएको छ । रिचार्जर एपको विगसेल २०२० औपचारिक घोषणा कार्यक्रममा मुस्कानलाई सहयोग स्वरुप रु ५२ हजार २० रुपैयाँको चेक हस्तान्तरण गरिएकोे हो ।

गत भदौमा वीरगन्ज महानगरपालिकामा विद्यालय जाँदै गर्दा उनी एसिड प्रहारबाट घाईते बनेकी थिइन् । मुस्कानको लामो समय कीर्तिपुरस्थित अस्पतालमा उपचार भएको थियो । एसिड प्रहार गर्ने दुई युवक प्रहरीको नियन्त्रणमा परेका थिए भने तिनीहरुलाई एसिड बेच्ने व्यवसायी फरार रहेका थिए । उनको घाउ निको हुँदै गएको छ । प्रशंसकहरुले उनलाई शुभकामना दिइरहेका छन् ।