दाइजो : छोरीका लागि अभिशाप

१५ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


 उपेन्द्र झा – परम्परागत सामाजिक संरचनालाई तहस नहस पार्ने सामाजिक कोढको रूपमा रहेको ‘दाइजो प्रथा’ को विरूद्ध यसपाली राम–जानकी विवाहोत्सवको अवसरमा जनकपुरमा ३७ वटा जोडीले आदर्श विवाह गरी सामाजिक क्रान्तिका शंखनाद गरेका छन् । सामाजिक विकृतिको विरूद्ध मिथिला संस्कृतिको शृद्धि हेतु थालिएको यो आदर्श अभियानका अभियन्ताहरू अनुकरणीय पात्र मात्र होइनन्, इतिहास रच्ने स्रष्टा पनि हुन् । दाइजो प्रथा सामाजिक संस्कृतिका क्यान्सर जस्ता खतरनाक रोग विकसित भएको रिवाज हो । यसमा सधैं बेहुली बदिलान हुँदै आएको छ । कानुनत दाइजो प्रथा अपराध मानिए पनि समाजमा यसको ठूलो साम्राज्य स्थापित छ । वरवधु दुवै पक्षबाट सिञ्चित दाइजो प्रथाको वटवृक्ष समाजमा गहिरो जरा गाडेर झाँगिएको छ । गरिब र निम्न मध्यमवर्गीय परिवार यसको प्रत्यक्ष शिकार बन्दै आएको छ । जनसंख्या वृद्धि, समाजिक विपन्नता, सजिलै धन लाभ गर्ने प्रवृति आदि यो रोग फैलाउने अनुकुल कारणहरू हुन् । कन्यादन गरेर अर्काको वंश चलाउने पुनीत कार्य हेतु बरपक्ष सधैं आफूभन्दा श्रेष्ठ ठान्ने सामाजिक मान्यता विस्तारै क्षीण हुँदै गयो । कन्यादन गरेर ठूलो धर्म कमाउने मान्यता विस्तारै अभिशापमा परिणत भयो । ५० वर्ष पूर्वसम्म कन्यादन जस्तो धार्मिक अनुष्ठान सम्पन्न गर्न वरपक्षले कन्यापक्षलाई सहयोग गर्ने चलन थियो । कन्यादान पछि वंशावली अगाडि बढ्ने मान्यता अनुरूप कन्यापक्षको समाजमा ठूलो ईज्जत थियो । प्रायोगिक रूपमा पराक्रमी योग्य वर छान्ने कन्यालाई पूर्ण अधिकार प्राप्त थियो । गुणी, सच्चरित्र, योग्य पात्रलाई स्वयम्बरमार्फत जीवन साथी बनाउने सामन्ती युगमा पनि स्वतन्त्रता प्राप्त थियो ।तर समाज अझ सभ्य, सु–संस्कृत र आधुनिक हुँदै जाँदा कन्याको सामाजिक अधिकार त गुम्यो नै, मानवीय धरातल भन्दा पनि बाहिर फ्याँकियो

। छोरीलाई ससुरालीमा प्रताडना दिएर बाबुसँग धन माँगेर ल्याउने विकृति विस्तारै विकसित हुँदै गयो ।बेहुलीलाई जिउँदै जलाउने, हत्या गर्ने, आत्महत्या गर्न बाध्य गर्ने यस्ता प्रवृति समाजमा व्यापक रूपमा बढ्यो । दाइजो असुल्न छोरालाई पढाउने एउटा व्यापारको विकास भयो । उच्च शिक्षा, सरकारी वा प्राइभेट उच्च पदका लागि १ करोडसम्म असुल्ने उच्चकोटिको व्यवसाय सुरू भयो । मानिस यस उद्देश्यले कि छोरामा अलि अलि लगानी गरेर एकमुष्ट आम्दानी हुने भनेर सबै यस व्यवसायमा लागे । कन्यापक्ष पनि हैसियत अनुसार छोरीलाई साक्षर माध्यामिक शिक्षा तथा उच्च शिक्षा दिलाउन यस उद्देश्यले सुरू गरे कि समाजमा छोरीको क्षीण भई रहेको प्रतिष्ठा बचोस् र वैदिक ग्रन्थको महत्व पुनस्थापित होस् । तर, अपेक्षित रूपमा त्यसो भएन । शिक्षित छोरीले केही हदमा दाइजोलाई कम गरेपनि निर्मुल भने गर्न सकेनन् । दाइजोको प्रभुत्व समाजमा कायम नै रह्यो । समाजमा दाईजो प्रथाको विरूद्ध क्षीण स्वरमा आवाज उठ्थ्यो । तर दाइजोको आगोमा चेलीले बदिलान दिई रहिन् । दाइजोले छोरीलाई अभिशापको रूपमा सामाजिक मान्यता स्थापित ग¥यो । छोरीको जन्म अभिशापको रूपमा हुने मानसिकताले विस्तारै समाजलाई छोरीबाट मुक्ति पाउन नयाँ नयाँ गर्भ जाँच गराउने प्रविधितिर अग्रसर हुन बाध्य ग¥यो । यसबीच सरकारले पनि गर्भपतलाई कानुनी मान्यता दियो । गर्भ जाँच गरी छोरी भएको थाहा पाएर मानिस गर्भ फाल्न थालेपछि छोरीको संख्या घट्न थालेपछि यो सभ्य समाजले ‘दाईजो प्रथा’ कायम राखी ‘बेटी बचाऊ, बेटी पढाऊँ’ को जनचेतना उठाउन सरकारी अभियान थालेको छ । दाइजो प्रथा सहज रूपमा धनलाभ गर्ने सशक्त माध्यम बनेको छ । उच्च शिक्षा हाँसिल गरेका (दुवै डाक्टर) विरगंजका साह दम्पतीबिच दाइजोका कारण व्यापक तनाव रहेको चर्चा सार्वजनिक भएको छ ।दुवै डाक्टर रहेको र कार्यरत समेत रहेको अवस्थामा दाइजोका कारण दाम्पत्य जीवन विषक्त बनेका अनेकौं उदाहरण हाम्रो समाजमा छ ।

सभ्य भनिने समाजमा कोढको रूपमा फैलिदै गएको दाइजो प्रथाको रोगले पूर्ण ग्रसित भएको अवस्थामा स्वस्थ्य समाज कहलाउन सक्छ ? ‘दाइजो प्रथा’ सभ्य समाजको ठूलो कलंकको रूपमा परिभाषित भएपनि यसको साम्रज्यलाई मलजल गर्ने प्रवृति समाजमा विद्यमान रहेकोले अपेक्षित रूपमा यो हट्न सकेको छैन । छोरालाई उच्च शिक्षा दिलाई सरकारी जागीर समेत स्वाएर बसेकाहरू दाइजो प्राप्त गर्ने अवसरलाई छोड्न चाहँदैनन् । राम्रो घर वरको चाहना राख्ने कन्या पक्षले पनि वरपक्षको आकांक्षा पुरा गर्न तत्पर रहेकोले कानुनको उपस्थितीमा यो अपराध हुन्छ र कानुनले केही गर्न सक्दैन । दिनानुदिन दाइजोका कारण अनाहकमा ज्यान गुमाउने चेलीहरूको संख्यात्मक वृद्धिले समाजमा एक किसिमको दबाब सिर्जजा गरेको छ र गर्नु पनि पर्दछ । सभ्यताको खोल ओढेर अनैतिक कार्यमा व्यस्त अगुवाहरू सामाजिक जिम्मेवारीबाट पन्छिन मिल्दैन । समाजका अगुवाहरूले समाजमा घटि रहेको अमानवीय घटनाहरूको पक्ष वा विपक्षमा बोल्न करै लाग्छ । पक्षमा बोल्ने अपराधी हुन्छ भने विपक्षमा बोल्ने समाजसेवी । जेहास् सामाजिक कलंकको रूपमा रहेको दाइजो प्रथालाई प्रश्रय दिने, चुप लागेर समर्थन गर्ने सबै अपराधी हुन् । यस्ताहरूको समाजिक बहिष्कार आवश्यक छ।दाइजोको आगोमा असंख्य रूपमा बलिदान दिने चेलीहरूको आर्तनादबाट जन्मिएका आदर्श विवाह गर्ने ३७ वटा जोडीलाई यो पंक्तिकारको तर्फबाट हार्दिक धन्यवाद । तथा ३७ वटा जोडी खोजेर विवाह महोत्सव सम्पन्न गर्ने आयोजक विश्व हिन्दु परिषद्लाई साधुवाद । यसपालिको विवाहपंचमी महोत्सवलाई दाइजो प्रथाको विरूद्ध ठूलो मशाल जलाएर यस प्रवृतिलाई राख बनाउने ३७ वटा युवायुवतीको जोडीले ऐतिहासिक उदाहरण दिएर महत्वपूर्ण बनाएको छ । सामाजिक विकृति हटाउने समाजिक अभियन्ताको रूपमा प्रस्तुत यी जोडीहरू दाइजो प्रथाको साम्राज्यलाई धाराशायी गर्न सफल बनोस्, यही शुभकामना । (मधेश दर्पण फिचर सेवा)

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने