रुपन्देही उद्योग संघमा प्रकाशन तथा छपाई वस्तुगत समिति गठन

१५ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल – रुपन्देही उद्योग संघमा आवद्ध प्रकाशन तथा छपाई उद्योगीहरुको भेलाले मंगलबार प्रकाशन तथा छपाई वस्तुगत समिति गठन गरेको छ । वस्तुगत समिति गठन कार्यक्रमका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न उद्योगीहरुको भेलाले आर.जी.प्रिन्टर्सका राजु घिमिरेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । गठित समितिको सहसंयोजकमा प्रकाश अफसेट प्रेसका प्रकाश खनाल, सचिवमा शुभ वैदेही अफसेट प्रेसका अभिनय कुमार महतो र सदस्यहरुमा एस.के. अफसेट प्रेसका मधुशर्मा पोखरेल, मयुर अफसेट प्रिटिङ्ग प्रेसका अर्जुन सापकोटा, गोल्डेन लिफ क्रियसनका नर बहादुर राना र विश्वास अफसेट प्रेसका नेत्र प्रसाद (बिमल) आचार्य चयन हुनु भएको छ । भेलाले समितिको सल्लाहकारहरु समेत चयन गरेको छ ।

सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटा, द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, सहकोषाध्यक्ष गिरीराज गैरे, पूर्व कार्यसमिति सदस्य हरि पहारी, घनश्याम घिमिरे, उद्योगी खेम प्रसाद लुईटेल, जितबहादुर पौडेल र लिलाधर लुईटेल रहनु भएको छ । भेलाका अध्यक्ष एवं संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाले सम्पूर्ण उपस्थतिलाई स्वागत गर्दै वस्तुगत समिति गठनको उद्देश्यमाथी प्रकाश पार्नु भएको थियो । भेलाका प्रमुख अतिथि तथा संघका अध्यक्ष बाबुराम बोहोराले वस्तुगत समितिहरु संघको जगको रुपमा रहेको र वस्तुगत समितिहरुबाट उठान गरिएका उद्योगका समस्या समाधान र विभिन्न वस्तुगत उद्योग र उद्योगीको संरक्षण र सम्वद्र्धनका लागि संघ सदैव कटिवद्ध रहने प्रतिवद्धता व्यक्त गर्दै नव गठित प्रकाशन तथा छपाई वस्तुगत समितिलाई बधाई ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेल, द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले नवगठित वस्तुगत समितिका पदाधिकारीहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनु भएको थियो । नव गठित प्रकाशन तथा छपाई वस्तुगत समितिका संयोजक राजु घिमिरेले सम्बन्धित उद्योगीहरुका समस्याहरु पहिचान गरी संघसम्मल्याई पु¥याउन र संघले आयोजना गर्ने हरेक कार्यक्रम र गतिविधिहरुलाई सफल तुल्याउन निरन्तर कटिवद्ध रहने प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो । भेलामा संघका सचिव हिरामणी भट्टराई, महिला सचिव माया खनाल, कार्यसमिति सदस्यहरु यमलाल भट्टराई, युवराज आचार्य, पूर्व कार्यसमिति सदस्य घनश्याम घिमिरे र प्रकाशन तथा छपाई सम्बन्धी उद्योगीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संघका महासचिव जिवकान्त काफ्लेले गर्नु भएको थियो ।यादव प्रसाद भण्डारी – प्रमुख कार्यकारी अधिकृत

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेशसभामा कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मत हाल्छ : नेता पौडेल
  • कैलालीका नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश
  • लायन्स क्लब अफ बुटवल मुक्तिनाथ द्वारा मानब सेवा आश्रममा सहयोग
  • नेम्बाङको स्मृतिमा साहित्यकार डा: गोविन्द भट्टराइलाई सम्मान गरिने ।
  • कलश बचतद्धारा कोरोना बिशेष ऋण सार्वजनिकः जिल्लामै पहिलो पटक एक…
  • युवराज ज्ञवाली भन्छन् : अदालतले संविधान संशोधन र ‘सन्काहा’को निर्णय…
  • शान्ति नमुनामा अभिभावक भेला
  • दाङ्ग जिल्लामा पहिलो पटक जुरे हुटिट्याँउ पानी चरा अभिलेख
  • भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको निधन
  • प्रचण्डको गर्जन : ओलीको सेटिङ भत्काएर जनताको सेटिङ खडा हुन्छ