दलित पत्रकारको कर्णाली प्रदेश सम्मेलन हुने

१५ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
108 Shares


सुर्खेत – राष्ट्रिय दलित पत्रकार संघको कर्णाली प्रदेश स्तरीय सम्मेलन हुने भएको छ ।प्रदेशका दश जिल्लामा रहेका दलित पत्रकारहरुलाई संगठित गर्नका लागि यही पुस २६ गते सम्मेलन गरिने भएको छ ।मंगलवार वीरेन्द्रनगरमा केन्द्रिय समितिका सचिव अमर सुनार, केन्द्रिय सदस्य टेकेन्द्र विश्वकर्मा र अन्य पत्रकारहरुको उपस्थितीमा सम्मेलन गर्ने निर्णय गरिएको हो । राष्ट्रिय दलित पत्रकार संघले नेपालका सात वटै प्रदेश र जिल्लामा संगठनलाई विस्तार गर्ने लक्ष्य अनुसार नै कर्णालीमा पनि प्रदेश स्तरको सम्मेलन गरि प्रदेश कार्यसमिति गठन गर्ने सचिव अमर सुनारले बताए ।

मंगलवार बसेको उक्त बैठकले यहि पुस २६ गते हुने प्रथम कर्णाली सम्मेलनमा प्रमुख अतिथि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई निमन्त्रणा गर्ने, सम्मेलनमा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी र पादधिकारीलाई आमन्त्रण गर्ने र प्रथम सम्मेलनका लागि प्रकृति मिल्दा केहि कार्यक्रमका सहयोगका लागि प्रदेश मन्त्रालय, स्थानीय तह र विभिन्न संघ संस्थासंग अनुरोध गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया