गुरुङ समुदायले देशभर विभिन्न कार्यक्रम गरि‘तमु ल्होसार’ पर्व मनाए

१५ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल / नवलपरासी – गुरुङ समुदायले देशभर सहित नवलपरासीमा पनि ‘तमु ल्होसार’ पर्व मंगलबार मनाएका छन । हरेक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउने गरेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष सोमबार राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिले जनाएको छ । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो । २६०३ औँ तमु च्यु ल्होसार विशेष कार्यक्रम बर्दघाट १६ सुर्यनगरमा पनि सम्पन्न भएको छ । दाउन्नेदेवी सुर्यनगर तमु समाज बर्दघाट १६ को आयोजनामा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष तिल बहादुर गुरुंगको अध्यक्षता एवं तमु ह्युल छोजधि गुरुंग राष्ट्रिय परिषदका केन्द्रिय उपाध्यक्ष नर बहादुर तमुको प्रमु आतिथयतामा सम्पन्न कार्यक्रममा बोल्दै गुरुंगले राजनितिक आडमा आदिवासी जनजातिहरुलाई प्रयोग गरि केही नेताहरु सत्तामा गएपनि सो स्थानमा पुगेपछी आदिवासी जनजातिलाई पाखा लगाएको आरोप लगाउदै विगतका दिनमा राज्यले दिदै आएको आफुहरुको पर्वहरुमा सरकारले सार्वजनिक विदा कटौती गरेकोमा आक्रोश ब्यक्त गर्नुभयो ।

साथै उहाँले आदिवासी जनजातिहरुको राज्य प्रतिको आन्दोलन जारि नै रहेको र सविंधानमै आफ्नो जातिय पहिचानको सुनिस्चितता नहुञ्जेल यो आन्दोलन नरोकिने चेतावनी समेत दिनुभयो । सो अवसरमा आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष देवराज चौधरी, एवं तमु ह्युल छोजधि गुरुंग राष्ट्रिय परिषदका जिल्ला अध्यक्ष पुरन लेंगी तमु, बर्दघाट वडा नम्बर १६ का वडाध्यक्ष शुक बहादुर गुरुंग, प्याब्सन नवलपरासीका वरिष्ट उपाध्यक्ष राधेरमण पाण्डे, दाउन्नेदेवी खानेपानी सस्थाका अध्यक्ष सुर्य आले लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय गायक धन बहादुर गुरुंग, गायिका निशा गुरुंग, हास्यकलाकार एवं जादुगर शेर बहादुर गुरुंग लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो । परिषदका जिल्ला सचिव एवं कार्यक्रम समयोजक ईन्द्र बहादुर गुरुंगको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन परिषदका वडा नम्बर १६ सचिव विजय गुरुंग र सर्डेन गुरुंगले गर्नुभएको थियो ।‘तमु ल्होसार’ पर्वको अवसरमा गुरुगं समुदायका तमु एकाइ समिती सुनवल ३ कृतिपुर पश्चिम नवलपरासीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम मंगलबार कृतिपुर दुइनम्बरमा सम्पन्न भएको छ । समितीका अध्यक्ष राम बहादुर तमु गुरुगंको अध्यक्षतामा तथा गुरुगं समाजका जिल्ला अध्यक्ष पुरन तमु गुरुगंको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुगंले सरकारले तमुहरुको चाडपर्वमा सार्वजनीक विदा नदिनु तमुहरुको योगदानलाई महत्व नदिइएको र सरकार तमुहरु प्रति जिम्मेवार हुन जरुरी रहेको बताउनुभयो ।सो अवसरमा विशिष्ट अतिथिको रुपमा सुनवल नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष कर्ण बहादुर सेनको अतिथि सुनवल ३ का वडासदस्य

श्याम बहादुर गुरुगं, कृतिपुर गुम्बा समितीका अध्यक्ष डिक बहादुर सारु, श्रमजिवि किसान समुहका अध्यक्ष भानु भक्त गौतम, समाजसेवी विर बहादुर विश्वकर्मा लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा भलिबल,व्यडमिन्टन ,छेलो प्रतियोगिता आयोजान गरिएको थियो भने सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिएको थियो । एकाइ समितीका सचिव दिल कुमारी गुरुगंको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन समाजसेवी योगेश गुरुगंले गर्नु भएको थियो । तमु छोचधि परिवार विनयी त्रिवेणी ६ र ७ को संयुक्त आयोजनामा ल्होसार उत्सव एक विशेष समारामेहका बीच विनयी त्रिवेणी ७ शिवपुरगढीमा मंगलबार सम्पन्न भएको छ । तमु छौधि विनयी त्रिवेणी ६ र ७ का अध्यक्ष क्यापटेन नर बहादुर तमुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवरमा प्रमुख अतिथि वडा नबमर ७ का वडाध्यक्ष गोपाल बहादुर क्षेत्रीले सवैमा शुभकामना व्यक्त गर्दै सम्पुर्ण तमु परिवारले आफ्नो सांस्कृति र पहिचान को रक्षाको लागि खेलेको भुमिका प्रसंसनीय रहेको विचार व्यक्त गर्नुभयो । सो अवसरमा नारायणी गण्डकी मावि त्रिवेणीका प्रअ दिनेश प्रसाद पाण्डे, वडासदस्य पदम राना , स्थानीय समाजसेवी सिंह बहादुर थापा , गणेश प्रसाद गुरुगं लगाएतका बक्ताहरुले श्भकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा तमु परिवारका सदस्यहरुले आफनो जातीय पहिरन मा सिंगारीयर नृत्य र गायन प्रस्तु गरेको कार्यक्रम संचालक प्रित्तम बहादुर गुरुगंले जानकारी दिनुभएको छ । पुरानो वर्षलाई विदाइ गर्दै नया वर्षको स्वागतको लागि ल्होसार पर्वको उत्सव मनाउदै आइएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया