आफ्ना मान्छे पास गराउन शिक्षकको परिक्षामा एक हप्ता अघि र पछिका दुई विद्यालयको प्रश्नपत्र एउटै

प्रकाशित मिति:

जगतदल जनाला विक  सुर्खेत – पञ्चपुरी नगरपालिका–८ सान्ने निम्न माध्यामिक विद्यालय र पञ्चपुरी नगरपालिका–१० जनज्योती माध्यामिक विद्यालयको राहत शिक्षक नियुक्तिका लागि बनाइएको लिखित प्रश्नपत्र एक हप्ता अघि र पछिको एउटै भएको भेटिएको छ।

एकहप्ता अगाडि पञ्चपुरीमा राहत शिक्षकको लिखित परीक्षामा लिइएको जनज्योती माध्यामिक विद्यालय जामुको र मंगलवार ९हिजो० सान्ने माध्यामिक विद्यालयमा भएको परिक्षाको प्रश्नपत्र हुबहु भेटिएको हो। नगर शिक्षा कार्यालयले तयार पारेको ६० पुर्णाङ्कको प्रश्नपत्रमा ६ वटा प्रश्न रहेकोमा दुबै विद्यालयमा लिइएको परीक्षाका सबै प्रश्नहरु मिलेका हुन् । ‘मंगवार लिइएको परीक्षामा ३ जनाले परीक्षा दिएका थियौं सुरेन्द्र वाग्लेको नाम निस्कियो प्रश्नपत्र एउटै रहेछन् भन्ने त आजमात्र थाहा भयो’ परीक्षामा सहभागी रुपेन्द्र यादवले भने । ६ वटा प्रश्नमा सबै हुवहु मिलेका छन् । नगर शिक्षा शाखा पञ्चपुरीको लापरवाहीका कारण यस्तो भएको यादवको आरोप छ । यता नगर शिक्षाका प्रमुख दोणराज पाठकले प्रश्नपत्र एउटै भएको स्विकार गर्दै छानविन अघि बढाउने बताए। ‘हामीले शिलबन्दी गरेर खाममा राखेका थियौं । एउटै कसरी भयो भन्ने विषयमा हामी आान्तरिकरुपमा बुझिरहेका छौं’ पाठकले भने।

पाठकले प्रश्नपत्र एउटै भएको पष्टि भएका परीक्षा बदर हुने बताए। एक हप्ता अघि भएको परिक्षा र हिजो भएको परिक्षामा एक जना परिक्षार्थाी दोहोरिएका थिए । परिक्षामा सहभागि एक परिक्षार्थीका अनुसार अनुसार नियोजित रुपमा एक जनालाई परिक्षा पास गराउने उदेश्यले अघिल्लो हप्ता भएको परिक्षाकै प्रश्नपत्रबाटै पुन परिक्षा लिएको हो।