ट्रक दुर्घटना : ३ जनाको मृत्यु

१६ पुष २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


बर्दिया  – भैरहवाबाट फलामे छड लोड गरी धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा दुई जना महिला र एक जना पुरुष रहेको इलाका प्रहरी कार्यालय भुरिगाउँले बताएको छ ।

ट्रक चार बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई जना महिलाको परिचय खुल्न नसकेको प्रहरीले बताएको छ ।उनीहरुको घटनास्थलमै ज्यान गएको हो ।

फलामे छड बोकेको ट्रकमा च्यापिएकाको शव जेसीबीको सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्णबहादुर चौधरी घाइते भएका छन् । बाँकेको कुसुमबाट आफन्तको मृत्यु भएकाले कर्णाली चिसापानीसम्म लगिदिन आग्रह गरेपछि दुई जना महिला ट्रकमा चढेको ट्कका चालक चौधरीले बताएको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया