ओली र माेदीबीच टेलिफाेनमा कुराकानी, माेदीलाई नेपाल भ्रमणकाे निम्ताे

प्रकाशित मिति:

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफाेनमा कुराकानी भएको छ । बिहान टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको लागि निम्तो दिनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

उहाँहरुबीच अंग्रेजी नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान पनि भएको छ । दुई देशबीचको सम्बन्धलाई नयँ उचाइमा पुर्‍याउन सन् २०१९ सफल रहेको र बाँकी समस्या पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन सन् २०२० सफल रहने उहाँहरुले विश्वास गर्नुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो । प्रेस सल्लाहकार थापाका अनुसार उहाँहरुबीच बिहान साढे १० बजे टेलिफाेनमा कुराकानी भएकाे हाे ।