काभ्रेको मण्डनदेउपुर नगरपालिकामा प्रेसर कुकर बम फेला, सेनाद्वारा डिस्पोज

प्रकाशित मिति:

काभ्रे – काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका ६ मा प्रेसर कुकर बम फेला परेको छ । मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ६ मा रहेको क्रसर उद्योग मेलम्ची एन्ड इन्द्रावती स्टोन प्रालिमा बम फेला परेको हो ।

बम फेला परेसँगै उद्योगका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बम डिस्पोज गर्न विष्णु दल गण काभ्रेबाट ९ जनाको सैनिक टोली घटनास्थल पुगेको थियो । बम कसले राखेको भन्ने विषयमा अनुसन्धान भइरहकेो प्रहरीले जनाएको छ ।