यौन शक्ति बढाउन यि खानेकुरा खानुहोस्

प्रकाशित मिति:

काठमाडौं – हामी दैनिक खानपिनमा भोक मेटाउन मात्रै जोड दिन्छौँ । कस्तो खानपानले के असर गर्छ भन्ने कुरामा जोड दिँदैनौँ । यस्तो बानीले मानिस रोगी हुन सक्छन् । यौन शक्ति बढाउनका लागि पनि राम्रो खानपानमा ध्यान दिनुपर्छ । स्वास्थ्य वर्द्धक फलफुल र खानाले यौन शक्ति र भिटामिन पाइन्छ ।

अदुवा खाने बानी कत्तिको छ ? छैन भने अदुवामा जोड दिनुहोस् । यो खानाले रोगप्रतिरोधी क्षमता बलियो बनाउँछ । साथै, अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । सेक्सअघि अदुवा हालेको चिया खानुभयो भने यसले तपाईंको शरीरलाई तताउने र मुटुको गतिलाई तीव्र बनाउने काम गर्छ । लसुनले मुख गनाउँछ भनिन्छ । तर, लसुन निकै लाभदायी घरायसी मसला हो । लसुनमा एलिसिन नामक तत्व पाइन्छ । जसले यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ ।

तुलसीमा कामोत्तेजना जगाउने तत्व हुन्छ । यसको पाउडर अथवा तेल शरीरमा घस्ने हो भने र तुलसीको पात खाने हो भने यौन उत्तेजना जगाउने हर्मोन बढी उत्सर्जन हुन्छ । बदाममा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ । यसले महिला तथा पुरुष दुवैमा यौनसम्बन्धी हर्मोन बढी उत्पादन गराउँछ । यसमा पाइने अर्जिनाइन नामक तत्वले रक्तधमनीलाई रिल्याक्स गराई पुरुषको यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ ।

केरामा ब्रोमेलेन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले कामोत्तेजना बढाउने गर्छ । यसमा पाइने पोटासियम र भिटामिन बीले पुरुष तथा महिला दुवैमा सेक्स हर्मोन र ऊर्जा बढाउने गर्छन् । कुरिलोमा भिटामिन ‘ई’ पाइन्छ । जसले पुरुष तथा महिला दुवैलाई यौनका क्रममा चरमोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पुर्‍याउँछ । रातो खुर्सानीले रक्तसञ्चार र मुटुको गतिलाई तीव्र बनाउँछ । अन्डाले यौनशक्ति बढाउँछ । यसमा भिटामिन बी–६ र भिटामिन बी–५ प्रचुर मात्रामा पाइन्छ । यिनले सेक्स हर्मोनसहित समग्र हर्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याट्टी एसिड र जिंक पाइन्छ । यसले यौनजीवनलाई भव्य बनाउने हर्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ ।