‘एमसीसी’ कसैले रोकेर रोकिदैँन् : मन्त्री बाँस्कोटा

प्रकाशित मिति:

डडेल्धुरा – अमेरिकी सहयोग ‘एमसीसी’बारे कुनै विवाद नगरी संसदबाट अनुमोदन हुने सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रबिधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा बताउनुभयो । बुधबार बिहान प्रेस संगठन नेपाल डडेल्धुरा शाखाद्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो बताउनु भएकोहो । मन्त्री बाँस्कोटाले सरकारले एमसीसीको फाईल संसदमा पेश गर्ने र संसदबाट कसैको रोकतोक बिना नै पास हुने दाबी समेत गरेका छन् उहाँले भन्न्भयो, ‘कसैले चाहेर पनि अब एमसीसी फेल हुदैन सरकारले संसदमा पेश गर्छ सिधै पास हुन्छ ।’ एमसीसीलाई राजनीतिक मुद्दा बनाउन नहुने भन्दै हाललाई एमसीसी संसदबाटै अनुमोदन गरे पनि सबै कुरालाई संसदबाट लैजान भने आवश्यक नरहेको पनि उनले बताउनुभयो ।

एमसीसीको सबै सूचांक पार गरेर सन् २०११ को डिसेम्बरमा नेपाल ‘क्वालिफाइ’ भएको उहाँले भन्नुभयो । मन्त्री बाँस्कोटाले एमसीसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध नरहेको जिकिर गर्दै यी दुवै विषयलाई मिसाएर विवाद गरेर भ्रम सिर्जना गर्न खाजिएको दाबी गरेका छन् ।  उहाँले भन्नुभयो यो पास गर्ने खोजी नकारात्मक धारणा भएकाहरुले पनि विरुद्ध नै गर्दन् ।

नगरौ भने पनि अलोकतान्त्रीक देश भन्नेर फेरी अर्को राईलो सुरु होला ।’ अमरगढी नगरपालिकाले आयोजना गरेको‘घुम्न जाउँ अमरगढी’ अन्र्तगत भ्रमण बर्ष २०२० को उद्घाटन गर्न डडेल्धुरा सदरमुकाम पुग्नु भएको सरकार प्रवक्ता बाँस्कोटाले लिपुलेक, लिपीयाधुरा हाम्रो नै भएको धारणा राख्नु भएको थियो । उहाँले विगतका तथ्यहरु माथि छानबिन हुने र लिपियाधुराका विवाद पनी साम्य हुने बताउनु भएको छ । मन्त्री बाँस्कोटाले अमरगढी नगरपालिका भित्र रहेका अमरगढी किल्ला, उग्रतारा मन्दिर, घटालथान लगायतका पर्यटकीय क्षेत्रको भ्रमण समेत गर्नुभएको छ ।