सैनामैना महोत्सवको प्रत्येक टिकटको एक रुपैयाँ सामाजिक क्षेत्रमा

प्रकाशित मिति:

नरेश चौधरी / सैनामैना – सैनामैना उद्योग बाणिज्य संघले आयोजना गर्ने चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको प्रत्येक टिकटको एक रुपैयाँ सामाजिक कार्यमा सहयोग गरिने भएको छ । सैनामैनामा लाग्ने महोत्सवमा बिक्री भएको टिकटबाट शिक्षा, स्वास्थ्य खेलकुदको विकासका लागि छुट्याइने मेला आयोजक मुल समितिका संयोजक तथा संघका अध्यक्ष राजबहादुर क्षेत्रीले बताउनु भयो । उहाँले भन्नु भयो – “आम्दानी भएको प्रत्येक टिकटको रु. एक रुपैयाँ गरिव विपन्न तथा अनाथ बालबालिकाहरुका लागि खर्च गरिने छ ।”

“आर्थिक विकासका राष्ट्रिय आधार, कृषि पर्यटन उद्योग र व्यापार” भन्ने मुल नाराका साथ यही पौष २४ गते देखि माघ ६ गते सम्म संचालन गरिने मेलामा २२० ओट स्टल रहने आयोजकले जानएको छ । यस पटकको महोत्सवमा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष क्षेत्रीको भनाई छ । यहि पुषको २४ गतेदेखि सञ्चालन हुने महोत्सवमा मेला प्रवेशका लागि टिकटको दर सर्वसधारणका लागि रु.५०, विद्यार्थीका लागि रु.३० निर्धारण गरिएको छ । जेष्ठ नागरीक, अपाङ्ग असहाय भएका ब्यक्तिहरुलाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रचार प्रसार उपसमितिका संयोजक लोकनाथ अधिकारीले बताउनु भयो ।

महोत्सवमा तरकारी, फलफुल माछा, मह, विउविजन, मलखाद, कृर्षि औजार, सुचना– प्रविधि तथा यन्त्र, जडिवुटि, औषधी, पर्यटन तथा शैक्षिक संस्था, छाला तथा छालाका समानहरु, तयारी पोसाक, जुत्ता चप्पल, गलैचा, सौर्य उर्जा, तथा जलविधुत, इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स समान, फार्निचर, बैंक तथा वित्तिय संस्था, कृर्षि–प्रविधि लगाएत दैनिक उपभोग्य समानाको स्टल रहने छ । मेलाका लागि अहिले सम्म १०० ओट स्टलहरु बुकिङ्ग भैसकेको संघका वारिष्ठ उपाध्यक्ष प्रेम बहादुर खड्काले बताउनु भयो ।

स्थानिय कला, संस्कृती, पुरातत्विक तथा पर्यटकीय स्थालको प्रवद्र्धन, उधोग, व्यापार व्यावसय, कृर्षि, लगाएत यस क्षेत्रमा उत्पादित बस्तु, सेवा, सिपको प्रदर्शन तथा बाजारिकिकरण गर्न महोत्सवले सहयोग मिल्ने संस्थाका महासचिब दिपाक अधिकारीले बताउनु भयो । महोत्सवलाई आकर्ष बनाउन सैनामैना झल्काउने खालको पार्क रहने छ, जसमा सैनामैनाका ऐतिहासिक स्थल ( लुम्बिनी सभ्यता संग जोडिएको ऐतिहासिक सैनामैना), बोलबम धाम, मलमला मन्दिर, थारु जातिको विशेषता झल्काउने थारु होमस्टे, बाटो, बस्ती लागएतको झल्को दिनेगरि पार्क रहने उहाँले बताउनु भयो ।

त्यस्तै महोत्सवमा शिवा जीको मुर्ति, सेल्फिजोन राखिने छ । मेलाको मुख्य अकर्षणहरुमा सैनामैना डान्सीङ्ग आइडल, नगर स्तरिय विद्यालय लोक नृत्य प्रतियोगिता, मम्मी डान्स प्रतियोगीता, खुल्ला व्याडमिन्टन प्रतियोगिता, वडा स्तरिय भलिवल प्रतियोगिता, वडा स्तरिय लोक दोहोरी गीत प्रतियोगिता संचालन गरिने छ । महोत्सव अवधिभर कलाकारहरु पशुपति शर्मा, राजु परियार, विष्णु खत्री, मनोज गजुरेल, प्रकाश सपुत, कालिप्रसाद बास्कोटा, कमला घिमिरे, प्रचण्ड जि.सि. राजेन्द्र कंडेल, खेम सेन्चुरी, पुरुषेत्तम पौडेल शिलु भट्टराई, राम प्रसाद पौडेल, योगराज पोखरेल लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने र विभिन्न जात जातिका संस्कृती भल्कीने नाच–गान, झांकी महोत्सवमा प्रदर्शन गरिने संस्कृतिक संयोजक हिमाल गैरेले बताउनु भयो ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृती, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मेला संचालन गर्न लगिएको आयोजकको भनाई छ । महोत्सवले भ्रमण बर्ष २०२० लाई सफल बनाउन तथा सैनामैनामा रहेका पर्रोहा बोलबम धाम, मलमला मन्दिर, ऐतिहाँसिक बौद्धकालिन सैनामैना क्षेत्र लगायतका संस्कृतिक तथा धार्मिक स्थलहरुको प्रचार प्रसार तथा प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने मेला आयोजक मुल समितिका संयोजक तथा संघका अध्यक्ष राज बहादुर क्षेत्रीको भनाई छ ।

मेला लाग्ने स्थल मिलाउने कार्य, स्टल बुकिङ्ग, संघ सस्थाहरु संगको सहकार्य तथा छलफल, प्रचार प्रसारलाई अहिले तिब्र परिएको छ । मेला सफल बनाउन संस्थाका अध्यक्ष्य राज बहादुर क्षेत्रीको संयोजकत्वमा ५५१ मुल आयोजक समिति र ३० सदस्यीय उपसमिति गठन गरि तयारी थालिएको छ । यस पटकको सैनामैना महोत्सव चौथो संस्करणका रुपमा संचालन गर्न लागिएको छ । महोत्सव सैनामैना ४ मुर्गिया स्थित निर्माणाधिन बहुउद्देश्यीय रंगशालामा संचालन हुने छ ।

थप समाचार