किसानले कार नचढ्दा सम्म पैचोले बिश्राम लिन्न : निर्देशक धुर्ब न्यौपाने

प्रकाशित मिति:

बुटवल – बसे पनि शहर गांउ कै खाने रहर भन्ने मुल नारा लिएर पहाड र उच्च पहाडका कृषि उपजहरुको बजारीकरण गरिरहेको पैचो पसलले आफ्नौ ५ औ बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरि मनाएको छ । बार्षिक उत्सवको अवसरमा गुल्मीको बलेटक्सारमा आयोजित कार्यक्रममा उत्कृष्ठ कृषि उत्पादन गर्ने किसानहरुलाई सम्मान गर्नुका साथै आफ्नो भाबी कार्ययोजनाहरु सार्वजानीक गरेको छ । पैचोसंग कारोबार गर्ने किसानहरु मध्यबाट गुल्मीका रामकृष्ण कंडेलले सर्बोकृष्ट किसानकारुपमा सम्मान गरिएको थियो । पैचोले कृषि उत्पादनमा उच्च योगदान गर्ने बिभिन्न गांउपालिकाबाट समेत उत्कृष्ठ किसानको सम्मान गरेको थियो । पुरस्कार पाउनेहरुमा रुरु गांउपालिका १ का महेन्द्र जङ्ग राना, छत्रकोट गांउपालिकाबाट भुवन खराल, तानसेन नगरापालिका १४ बाट सिता पाण्डे, धुर्कोट गांउपालिकाबाट नारायण प्रसाद भण्डारी तथा पाणीनी गांउपालिका अर्घाखांचीबाट रामप्रसाद भट्टराई रहेकाछन् । कार्यक्रममा पैचोका आन्तरिक उत्कृष्ठ कर्मचारीहरुलाई समेत नगद सकित पुरस्कार प्रदान गरिएको थियो ।

सम्मानीत कृषक तथा कर्मचारीहरुलाई प्रदेश ५ सरकारका भूमि, ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल र प्रदेशसभामा गुल्मीका सभासद कमल श्रेष्ठले प्रमाणपत्र र पुरस्कार बितरण गरेका थिए । बर्षिक उत्सव समारोहमा बोल्दै कृषिमन्त्री पौडेलले मुलुकको समृद्दिको आधार नै कृषि भएकाले कृषि पेशालाई राज्यले बिशेष महत्व दिएको बताइन । प्रदेश सरकारले स्थानीय सरकारहरुको समेत सहभागितामा ब्यवसायीक कृषि निती तयार गर्दै गरेको जानकारी गराउंदै केहि वर्ष मा कृषिमा परिवर्तनको अनुभुति गर्न सकिने अपेक्षा गरीन ।

प्रदेशसभा सदस्य कमल श्रेष्ठले पैचोले कृषकहरुको लागि ठूलो योगदान गरेको बताउंदै राज्यले पैचोलाई संगै लिएर हिंड्नुपर्ने बताए । पुर्व संबिधानसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले बिदेशमा पलायन भएका युवाहरुलाई पैचो मोडलको माध्यमबाट फर्काउन सकिने बताए । ग्रामिण खानपान छाडेर अधुनीक खानाले गांउको उत्पादन बिस्थापन भएको चर्चा गर्दै भण्डारीले फेरी बिस्तारै परम्परागत र ग्रामिण खानाको महत्व बढ्दै गएको बताए ।

पैचो पसलका प्रबन्ध निर्देशक धु्रव न्यौपानेले ग्रामिण क्षेत्रका किसानलाई कार चढ्ने हैसियत नबनाउंदा सम्म पैचोले बिश्राम नलिने बताए । पैचो पसलले पहाडी र उच्च पहाडी कृषि उत्पादनहरुलाई कच्चा पदार्थकारुपमा उपयोग गर्दै ४० बढी अन्ततरराष्ट्रिय गुणस्तरका खाद्य उत्पादन गर्दै आएको छ । पैचोका अनुसार अहिले नेपालको प्रदेश नम्बर १ बाहेक सबै स्थानीय बजारमा पैचो उत्पादन उपलब्ध रहेको दाबी गरेको छ ।