‘मिसेस् युनिभर्स’ मा नेपाली अनिलालाई दुई उपाधि

प्रकाशित मिति:

काठमाडौं – ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधि अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् । उनले प्रतियोगितामा सेमिफाइनलिस्ट र मिसेज लोयलको उपाधि जितेकी छिन् ।

उनलाई इप्लानेट प्रा.लिले ‘मिसेस् नेपाल युनिभर्स २०१९’ उपाधिका साथ उक्त प्रतियोगितामा पठाएको थियो । प्रतियोगितामा शीर्ष उपाधि भने म्यानमारले जितेको थियो । चीनको ग्वान्जोमा प्रतियोगिता ‘मिसेस् युनिभर्स’ ४२औं संस्करण हो । प्रतियोगिता ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागिता थियो ।