सुजुकी काे मेगा एक्सचेञ्ज मेला मा १५००० बाेनस

प्रकाशित मिति:

सुजुकि माेटरसाईकल तथा स्कुटर काे नेपालका लागि अाधिकारिक बिक्रेता भिजि अटाेमाेबाईल्स प्रालि नेपाल भरका अाफ्ना शाखा हरु बाट मेगा एक्सचेञ्ज मेला संचालनमा ल्याएकाे छ। उक्त सुजुकि एक्सचेञ्ज मेला मा कुनेै पनि ब्रान्ड का माेटरसाईकल तथा स्कुटर साटफेर गरि सुजुकि का नयाँ माेटरसाईकल तथा स्कुटर खरिद गर्न सकिने कम्पनि ले जनाएकाे छ। साथै प्रत्येक एक्सचेञ्ज काे खरिदमा बाेनस बापत रु पन्द्र हजार अधिकतम मुल्यांकन प्राप्त गर्न सकिने छ। अाईतबार बाट संचालनमा अाएकाे मेगा एक्सचेञ्ज मेला शुक्रबार १९ गते सम्म संचालन मा अाउने भिजि सुजुकि का पश्चिम तर्फका बिक्रि प्रबन्धक धनिराम भुसाल ले जानकारि दिए। ४ दिनकाे अबधिमा लुम्बिनी भरका सुजुकि का शाखा हरु बाट १७७ थान एक्सचेञ्ज बिक्रि भएकाे भुसालले बताए। साथै नगद खरिदमा समेत विशेष छुट प्रदान गर्नेे कम्पनिले जनाएकाे छ।