बाणगंगा ६ बैदौलीमा माघ ६ र ७ गते वडा स्तरिय माघी महोत्सव हुने

प्रकाशित मिति:

कपिलबस्तु /बणगंगा नगरपालिका वडा नं. ६ मा माघ ६ र ७ गते वडा स्तरिय माघी महोत्सव हुने भएको छ । बुधबार वडा नंं ६ को बैदौलीमा बसेको एक भेलाले ६ र ७ गते माघी महोत्सव गर्ने निर्णय गरेको हो । महोत्सवलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्नका लागि थारु कल्याणकारीणी सभा वडा कमिटीका उपाध्यक्ष गुरु प्रसाद थारुको संयोजकत्वमा १ सय १ सदस्यीय मुल आयोजक समिती समेत गठन गरेका छ । त्यस्तै राम किसुन थारुको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिती, रेशम थारुको संयोजकत्वमा मंच व्यवस्थापन उपसमिती, किरण थारुको संयोजकत्वमा स्वंयसेवक परिचालन उपसमिती, गुलाबी थारुको संयोजकत्वमा भान्सा तथा खाना व्यवस्थापन उपसमिती र ज्ञानमती थारुको संयोजकत्वमा अतिथी सत्कार उपसमिती गठन गरिएको छ

थारु जातीको भाषा, कला, संस्कृती तथा भेषभुषा संरक्षण गर्ने उद्देश्यले पहिलो पटक वडामा वडा स्तरिय माघि महोत्सवको आयोजना गर्न लागिएको महोत्सव मुल आयोजक समिती संयोजक गुरु प्रसाद थारुले बताए । २ दिन चल्ने महोत्वसमा थारु जातीको झुमरा, झरर्रा, सजनी विरहनी लगाएतका गित तथा नृत्य समेत प्रस्तुत गरिने छ । भने थारु जातीको खानाका परिकार, ढिकरी, घोंघी, माछा, सिध्र्रा, कछुवा, खरिया, बरिया, लगाएतका परिकार चाख्ना पाइने व्यवस्था मिलाईएको छ । माघी महोत्सवमा युवायुवतीहरुले रेकर्ड डान्स समेत प्रस्तुत गर्नेछन् । गुरु प्रसाद थारुको अध्यक्षता, वडा अध्यक्ष सुकदेव थारुको प्रमुख आतिथ्यता भेला बसेको थियो ।