ती सात सूत्र जसले जीवनमा समृद्धि र शान्ति ल्याउँछ

प्रकाशित मिति:

नयाँ वर्षको सुरुवात सँगै धेरै मानिसहरुले आफू र अरुका लागि खुसी, समृद्धि र शान्तिको कामना गर्छन् । तर निकै कम व्यक्तिले आफ्नो जीवनमा शान्ति पाएका हुन्छन् । आर्ट अफ लिभिङ्गका संस्थापक श्रीश्री रविशंकरले जीवनमा शान्ति र समृद्धि कसरी ल्याउन सकिन्छ भनेर सात सरल उपायबारे जानकारी दिएका छन् ।हामी आफ्नो जीवनमा धेरैजसो समय केही न केही काममा व्यस्त भइरहेका हुन्छौं । त्यसकारण हाम्रो सूचना बटुल्न, दैनिक आवश्यकता परिपूर्ती गर्न वा घर परिवारको हेरचाहमै समय बितिरहेको हुन्छ । हामीलाई आफ्नो बारे सोच्ने फुर्सद नै हुँदैन । आफूलाई पनि समय दिनुपर्छ भन्ने विषयमा खासगरी हामी सोच्दा पनि सोच्दैनौं त्यसकारण आफूलाई थाकेको पाउँछौं । आफ्नो लागि केही समय निकाल्नुहोस् जसका कारण फ्रेस महसुस होस् । आफूलाई खुसी दिलाउने वा मनोरञ्जन प्रदान गर्ने कुराहरु गर्नुहोस् । दैनिक व्यस्ताका कारण आफ्नो रुचीलाई कहिले पनि मर्न नदिनुहोस् । यसले हाम्रो जीवनलाई उत्कृष्ट ढङ्गले बाँच्ने तरिका पनि सिकाएको हुन्छ ।

२ जीवन क्षणिक हो भन्ने कुरालाई महसुस गर्नु र बुझ्नुः जीवन क्षणिक हो भन्ने कुरा आफ्नो वातावरणलाई नियालेर निकै सजिलै हामी अनुमान गर्न सक्छौं । हाम्रो जन्म अघि कति लाख वर्ष बितिसकेको छ र हामी पछि पनि त्यस्तै कति लाख वर्ष बिति जानेछ । यहाँ केही कुरा स्थायी छैन । यदि हामीले जीवनलाई व्यापक रुपमा नियाल्ने हो भने जीवन समुद्रको एउटा थोपाबाहेक केही पनि होइन भन्ने पाउँछौं । त्यसकारण आँखा खोलेर आफैंलाई यो प्रश्न गर्न अत्यावश्यक छ कि ‘म को हुँ रु’, ‘म यो ग्रहमा किन छु रु’ र ‘मेरो जीवनको उद्देश्य के हो रु’ जब हामी जागरुक हुन्छौं तब हामी जीवनमा स–साना कुरासँग डराउन छोड्छौं । वास्तवमा त्यति बेलामात्रै हामी यो जीवनको प्रत्येक क्षण बाँच्ने कला सिक्न सक्छौं । जब हामी ज्ञान अपनाएर व्यापक रुपमा आफ्नो जीवनको समीक्षा गर्छौं तब हामी यसको महत्व बुझ्न सक्छौं ।

३ दयालु भावसहित काम गर्नुः तपाईं आफैंसँग संकल्प गर्नुहोस् कि तपाईं यो पूरा संसारलाई राम्रो र जीउन लायक बनाउनुहुनेछ । आफ्नो जीवनमा दयालु भावसहित कार्य गर्नुहोस् र त्यो पनि केही आशा र अपेक्षा नगरिकनै । सेवाले नै जीवनमा शान्ति ल्याउन सक्छ । जब तपाईं आफ्नो सेवामार्फत् कसैको जीवनमा केही राहत वा सुख ल्याउनुहुन्छ तब तपाईं राम्रो तरंग आफूतर्फ आकर्षित गर्नुहुन्छ । जब तपाईं दयालु हुनुहुन्छ तब शान्ति र प्रेम, जुन तपाईंको वास्तविक स्वभाव हो, स्वतःस्फुर्त रुपमा मुखरित हुनथाल्छन् ।

४ आफ्नो रिसलाई महँगो र मुस्कानलाई सस्तो बनाउनुहोस्ः प्रत्येक दिन, प्रत्येक बिहान तपाईं आफैंलाई ऐनामा हेर्नुहोस् र नयाँ दिनलाई एउटा मिठो मुस्कानसहित स्वागत गर्नुहोस् । कुनै पनि अवस्थामा आफ्नो मुस्कानलाई आफूबाट अलग्गिन नदिनुहोस् । धेरैजसो अवस्थामा तपाईं रिसलाई त निःशुल्क बाँड्नुहुन्छ र मुस्कारनलाई लुकाएर राख्नुहुन्छ, मानौं यो निकै महँगो छ । आफ्नो मुस्कानलाई सस्तो र रिसलाई महँगो बनाउनुहोस् । त्यसपछि जीवन आफैं सरल र शान्त भएको महसुस गर्नुहुनेछ ।

५ ध्यानलाई जीवनको महत्वपूर्ण हिस्सा बनाउनुहोस्ः जब हाम्रो जीवनको उद्देश्य विशाल र महान हुन्छन् तब यसले केही हदसम्म हामीलाई बेचैन र तनावमा पार्ने गर्छ । तर केही मिनेटको ध्यान वा आत्मपरीक्षणपछि हामी आफ्नो जीवनलाई तनावमुक्त गर्न सक्छौं । जति गहिरो तरिकाले हामी ध्यानमा बस्छौं त्यति नै हामी आफ्नो जीवनमा उर्जावान् र गतिशील हुनसक्छौं ।

६ सधैं विद्यार्थी हुनुहोस्ः तपाईं विद्यार्थी हो भन्ने कुरा कहिले पनि नबिर्सिनुहोस् । कुनै पनि व्यक्तिलाई कम नसोच्नुहोस् । तपाईंले कुनै पनि दिशा वा अवस्थामा ज्ञान पाउन सक्नुहुन्छ । प्रत्येक स्थितीमा प्रत्येक व्यक्तिले हामीलाई आफ्नो जीवनमा केही न केही अवश्य सिकाएका हुन्छन् । समस्त संसार नै तपाईंको शिक्षक हो । जब तपाईं सधैं सिक्नका लागि तयार हुनुहुन्छ तब तपाईं अरुलाई कम सोच्न बन्द गर्नुहुन्छ । त्यतिबेला नै तपाईंको जीवनमा बिनम्रताको उदय हुनेछ ।

७ आफैंप्रति आभारी हुनुहोस्ः हाम्रो प्रेम र विश्वास निकै गहिरो हुनुपर्छ । ‘म धन्य छु र ममाथि भगवान, प्रभुको कृपा सदैव छ’ को भावनाले तपाईंलाई असफल र कठिन समयमा तपाईंलाई सहयोग गर्न सक्छ । एकपटक जब तपाईंलाई ‘आफू धन्य छु’ भन्ने महसुस हुन्छ तपाईं आफ्नो जीवनमा असुरक्षाको भावनाबाट टाढा हुनुहुनेछ र खुसी र शान्त जीवनयापन गर्न सक्नुहुन्छ ।