फेरी नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्यो ?

१७ पुष २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
14 Shares


काठमाडौं– नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल र डिजल–मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २–२ रुपैयाँले वृद्धि गरेको हो। हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगयमले जनाएको छ। निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले बुधबार बेलुका विज्ञप्ति जारी गर्दै इण्डियन आयल कर्पोरेशनले पछिल्लो पटक पठाएको मूल्य सूचीअनुरूप मूल्य समायोजन गरिएको जनाएका हुन्।

पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही बढेर आएको हुँदा मूल्य समायोजन गरिएको हो ।’ जारी विज्ञप्तिमा भनिएको छ ‘साविकको पेट्रोल र डिजल–मट्टितेलको खुद्रा विक्री मूल्यमा प्रतिलिटर दुई ले वृद्धि गरी मूल्य समायोजन गरेको छ भने हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाल यथावत नै राखिएको छ।’ मूल्य समायोजन गरेपश्चात् नेपाल तर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य १८.६७ रुपैयाँ प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य १८.२७ रुपैयाँ प्रतिलिटरले नेपालतर्फ सस्तो हुन गएको निगमले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न