सौराहामा हात्तीको पिकनिक !

१७ पुष २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया

lrtjg xfQL dxf]T;jdf …xfQL jgef]hÚ /Tggu/, !^ k’;M ko{6sLo gu/L ;f}/fxfdf hf/L !^ cf}F xfQL dxf]T;df 3/kfn’jf xfQLnfO{ jgef]h v’jfOFb} . dxf]T;jdf xfQL jgef]hnfO{ ljz]if cfsif{0fsf ?kdf lnOG5 . t:jL/ M ;’/]g s’Fj/÷/f;;

सौराहा – सौराहामा जारी १६ औँ चितवन हात्ती महोत्सव अन्तर्गत बुधबार हात्तीलाई वनभोज खुवाइएको छ । महोत्सवको कार्यक्रममध्ये हात्तीको वनभोज निकै आकर्षक मानिन्छ । आयोजक क्षेत्रीय होटल सङ्घ सौराहा चितवनका अनुसार वनभोजमा ८५ वटा हात्ती सहभागी भएका थिए । वनभोजमा हात्तीलाई मनपर्ने खानेकुरा दिइन्छ । धेरै हात्तीलाई एकै ठाउँमा जम्मा गरी उनीहरुलाई मनपर्ने खानेकुरा, फलफूल, बन्दा, उखु, फर्सी, गाजर आदि खान दिइएको क्षेत्रीय होटल सङ्घ सौराहा चितवनका उपाध्यक्ष तथा खेल संयोजक अञ्जनकुमार पाण्डेले जानकारी दिनुभयो ।

उहाँले वनभोजमा चितवन राष्ट्रिय निकुञ्ज र निजीरूपमा पालिएका हात्तीहरु सहभागी भएको बताउनुभयो । हात्ती वनभोज कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले विशेष मौका परी वनभोज खुवाउँदा हात्तीप्रतिको सम्मान झल्कने र सकारात्मक सन्देश जाने बताउनु भयो । हात्तीका यस्ता गतिविधि हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरुको सौराहामा ठूलो भिड लाग्ने गरेको छ ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष शुभारम्भसँगै जारी हात्ती महोत्सवलाई महत्वका साथ लिइएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजनामा शुक्रबारसम्म बाघमारा सामुदायिक वनको चौरमा महोत्सव सञ्चालन हुँदैछ । यस वर्षको महोत्सवको नारा ‘हात्ती मेरो साथी’ भन्ने तय गरिएको छ । लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनुका साथै महोत्सवमा हात्तीसँग सम्बन्धित गतिविधि समावेश गरिनेछ ।

महोत्सवमा हात्ती वनभोजसँगै हात्ती ‘फास्टवाक’ प्रतियोगिता, हात्तीका छावाहरुको रोमाञ्चकारी फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीपोलो, हात्ती पेन्टिङ प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको हात्ती महोत्सवका संयोजक एवं क्षेत्रीय होटल सङ्घका वरिष्ठ उपाध्यक्ष राममणि खनालले जानकारी दिनुभयो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया