ॐ आज सप्तमी तिथि, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन

प्रकाशित मिति:

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल पौष महिनाको १७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जनवरी महिनाको २ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत पौषशुक्लपक्षको सप्तमी तिथि बेलुका ७।१० बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य र बृहस्पति धनु राशिमा रहेका छन् । उत्तराभाद्रपदा नक्षत्र बिहानका राति ६।८ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भादिमा वरियन योग, आन्दादिमा छत्र योग र भद्रा करण रहेका छन् । आज काठमाडौँमा सूर्योदय ६।५६ मा छ भने सूर्यास्त बेलुका ५।१९ बजे हुनेछ ।

चन्द्रमा आज मीन राशिमा छन् । चन्द्रमाका हिसावले आज उत्तर र पश्चिम दिशाको यात्रा शुभ रहनेछ । आज सप्तमी तिथि सूर्यनारायण भगवान्को उपासनाका साथै आदित्यहृदयस्तोत्र पाठ शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्