बुटवल देवीनगरकी सपना पौडेलको कारको ठक्करबाट मृत्यु

१७ पुष २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
9K Shares

File

बुटवल – बुटवलमा भएको सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । गएराती करिब साढे १० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोकमा कारले स्कुटरलाई ठक्कर दिएको हो ।

बुटवलबाट पूर्वतर्फ जांदै गरेको कारले सडक पार गर्दै गरेको लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिदा बुटवल ११ देवीनगरकी २२ वर्षकी सपना पौडेलको मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिएपछि फरार रहेको कारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । कारको नम्बर पनि खुल्न सकेको छैन भने ठक्कर दिने कार अहिलेसम्म फेला परेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया