भीरकोटमा कार्यालय प्रमुखहरुसँग अन्तरक्रिया

प्रकाशित मिति:

                               आवधिक योजना मस्यौदा प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम सम्पन्न

भीरकोट –  स्याङ्जाको भीरकोट नगरपालिकाले भीरकोटको समग्रविकास कसरी गर्न सकिन्छ भनीआवधिक योजनाबनाउनकालागि मस्यौदा प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ । भीरकोटलाई भौतिक, सामाजिक, आर्थिक, साँस्कृतिकलगायत सर्वाङ्गीण विकास गरी भीरकोटको मुहार फेर्नकालागि योजनाबनाउनलागिएको छ । साथै जिल्ला स्थित कार्यालय प्रमुखहरुसँग अन्र्तक्रियाकार्यक्रम समेत गरियो । नगर प्रमुख छायाँरामखनालको अध्यक्षतमा सम्पन्नउक्तकार्यक्रममानगर उपप्रमुखसिमा के.सी. कर्माचार्य, प्रमुखजिल्लाअधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला समन्वयअधिकारी विश्वप्रकाशअर्याल, जिल्लावनअधिकृत कोमलराजकाफ्ले लगायत, प्रहरी उपरीक्षकजनार्दन जि.टी., मालपोत अधिकृतप्रकाशपौडेल, निमित्तप्रमुखप्रशासकीयअधिकृत हेम प्रसादआचार्य, वडा अध्यक्षहरु, बोर्ड सदस्यहरु, उद्योग वाणिज्य संघका पदाधिकारीहरु, नगरपालिकाकाकर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

जुनसुकै कार्यहरुमा स्थानीयतहकोभूमिकाहुने भएकोले प्रशासनले सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्तगर्दैै प्रजिअ कुरुम्बाङले थप्नुभयो ‘नेपालको संविधानले प्रत्याभुत गरेकाअधिकारहरुलाई मात्रप्रयोग गरी नियमानुसार कार्य गर्नुपर्ने भएकोले कुनै कामप्रक्रियागत ढिला भएको जस्तो भएको छ । यसलाई सबैले स्वीकानु पर्दछ ।’ अन्र्तक्रियाकार्यक्रममा उठेका जिज्ञासाहरुलाई सम्बन्धितअधिकारीहरुले चित्तबुझ्दो तरिकाले बुझाउने प्रयास गर्नुभएकोथियो । नागरिकताप्राप्तगर्ने प्रावधान र आएका समस्याहरुकाबारेमा बढी जिज्ञासाहरु उठेकाथिए । बढी जिज्ञासाहरु वडा अध्यक्षहरुबाट आएकाथिए । जसमानागरिकताप्रदान, जग्गाको विवाद, काठको ओसारपसार, बजार अनुगमनलगायतकाविषयहरु समावेश थिए । कार्यक्रममाबोल्दै नगरप्रमुख छायाँरामखनालले नगरपालिकाको राजमार्ग क्षेत्रमाव्याप्त ट्राफिक समस्यालाई निराकरण गर्नकालागिबसपार्क सञ्चालनमाल्याएको तर त्यसको पूर्ण रुपमाप्रयोग गराउननसकिएकोले प्रशासनलाई आवश्यक सहयोग गरिदिन अनुरोध गर्नुभयो ।

आवधिक योजना मस्यौदा प्रतिवेदनकार्यक्रममाआगामी २५ वर्ष भित्रमाभीरकोटलाई कस्तो बनाउने भन्दै भीरकोटको ऐनाको रुपमा योजनातयार पारेर प्रस्तुतगरिएको थियो । नगर प्रमुख, उपप्रमुख, राजनीतिकदलकाप्रतिनिधिहरु, वडा अध्यक्षहरु, बोर्ड तथानगर सदस्यहरु, उद्योग वाणिज्य संघका पदाधिकारीहरु, व्यवसायीहरु, विभिन्न क्षेत्रका विज्ञ तथा बुद्धिजीवीहरु लगायतले दिएको योजनातथाखाकामानगरपालिकाले प्राप्तगर्ने तथा संकलनगर्न सक्ने बजेट र राजश्वलाई आँकलन गरी आवधिक योजनाको प्रस्तुतीकरण गरियो । काठमाडौँस्थित स्कोलर नेपालप्रा.लि. ले सहजीकरण गरेको उक्तकार्यक्रममाअहिले प्राप्त गरेको पृष्ठपोषणका आधारमाअन्तिम रुप दिइनेछ ।कार्यक्रमको सञ्चालननगरपालिकाका योजनाअधिकृत याम प्रसाद रेग्मीले गर्नुभएको थियो ।
बसन्त बस्नेत भीरकोटनगरपालिका