सैनामैना महोत्सवले बौद्धकालिन सभ्यता झल्काउने

१७ पुष २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


सैनामैना /रुपन्देहीको सैनामैनामा लाग्ने महोत्सवले बौद्धकालिन सभ्यतालाई झल्काउने भएको छ ।सैनामैनामा बौद्धकालिन सभ्यता संग जोडिएको ठुलो राजा कुंवा, रानिकुंवा, ऐतिहासिक स्थल सैनामैना १ बनकट्टामा रहेको छ । त्यस ठाउँमा अहिले बौद्धकालिन चिजहरु रहेका छन् । र बौद्धकालिन बस्तुहरु संरक्षणका लागि संग्रहलय निर्माण गर्न नगरपालिकाले पहल गरेको छ । सोहि कुरालाई मध्यनजर गर्दै महोत्सवमा लुम्बिनी र सैनामैना संग जोडिएर रहेको बौद्धकालिन सभ्यता तथा ऐतिहासिक स्थलहरुको प्रर्वद्धनका लागि बौद्धकालिन सभ्यताको पार्क निर्माण गरिने आयोजकको भनाई छ ।

महोत्सवले सैनामैनामा रहेको बोलबम धाम, मलमला मन्दिर, थारु जातिको विशेषता झल्काउने थारु होमस्टे, बाटो, बस्ती विभिन्न जातीका संस्कृती भेषभूषा लागएतको प्रवद्र्धन गर्ने संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक राजबहादुर क्षेत्रीले बताउनु भयो ।मेलामा २२० ओट स्टल रहने आयोजकले जानएको छ । यस पटकको महोत्सबमा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष क्षेत्रीको भनाई छ ।“आर्थिक विकासका राष्ट्रिय आधार, कृषि पर्यटन उद्योग र व्यापार ” भन्ने मुल नाराका साथ चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सव यही पौष २४ गते देखि माघ ६ गते सम्म सैनामैना ४ मुर्गिया स्थित निर्माणाधिन बहुउद्देश्यीय रंगशालामा संचालन हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया