रुपन्देही उद्योग संघमा सःमिल वस्तुगत समिति गठन

१७ पुष २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


बुटवल/रुपन्देही उद्योग संघमा आवद्ध सःमिल उद्योगीहरुको भेलाले बिहीबार सःमिल वस्तुगत समिति गठन गरेको छ । संघका द्व्रितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न उद्योगीहरुको भेलाले विजयालक्ष्मी सःमिलका कुसुम खनालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । गठित समितिको सहसंयोजकमा अधिकारी काष्ठ उद्योगका बिनोद अधिकारी, सचिवमा दिक्षा सःमिलका हिराबहादुर के.सी. र सदस्यहरुमा त्रिमुर्ति सःमिलका शिव सापकोटा, हिमाली सःमिल उद्योगका दुर्गा प्रसाद खरेल, जय सन्तोषी माँ सःमिलका सन्तोष कुमार जयसवाल, राजेन्द्र सःमिलका राजेन्द्र लोहार चयन हुनु भएको छ । भेलाले समितिको सल्लाहकारहरु समेत चयन गरेको छ । सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटा, कोषाध्यक्ष हरी बहादुर खत्री, कार्यसमति सदस्य खड्ग बहादुर कुँवर, पूर्व कार्यसमिति सदस्य छबिलाल अधिकारी, उद्योगी नवलकिशोर सिंह, नरबहादुर श्रीस, तेज प्रसाद पराजुली, नरबहादुर कुँवर र जोगराज अधिकारी रहनु भएको छ ।

भेलाका अध्यक्ष एवं संघका द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले सम्पूर्ण उपस्थितलाई स्वागत गर्दै वस्तुगत समिति गठनको उद्देश्यमाथी प्रकाश पार्नु भएको थियो । भेलाका प्रमुख अतिथि तथा संघका अध्यक्ष बाबुराम बोहोराले वस्तुगत समितिहरुबाट उठान गरिएका उद्योगका समस्या समाधानमा सदैव कटिवद्ध रहने प्रतिवद्धता व्यक्त गर्दै नव गठित सःमिल वस्तुगत समितिलाई बधाई ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष दिनेशराज रेग्मीले नव गठित समितिलाई बधाई दिंदै वस्तुगत समिति गठनको इतिहास र उपलब्धी सन्दर्भमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेल, कोषाध्यक्ष हरिबहादुर खत्रीले नवगठित वस्तुगत समितिका पदाधिकारीहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।कार्यक्रममा संघका कार्यसमिति सदस्य खड्ग बहादुर कुँवर, उद्योगी तेज प्रसाद पराजुली लगायतले सःमिल उद्योगका समस्याहरु सम्बन्धमा जानकारी गराउनु भएको थियो । नव गठित सःमिल वस्तुगत समितिका संयोजक कुसुम खनालले जिल्लाभरि छरिएर रहेका सःमिल उद्योगहरुका समस्याहरु पहिचान गरी संघमार्पmत समाधान गर्न पहल गर्ने र प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा महिला सचिव माया खनाल, कार्यसमिति सदस्यहरु युवराज आचार्य, लालबहादुर थापा, विशाल बेलबासे र रमेशचन्द्र रेग्मी एवं सःमिल सम्बन्धी उद्योगीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संघका सचिव हिरामणी भट्टराईले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला