निलकण्ठ धाममा घण्ट हस्तान्तरण

प्रकाशित मिति:

बुटवल /पशुपति अन्नपुर्णा आश्रम संस्था कन्द्रिय कार्यालय काठमाण्डौ बाट बुटवल दिपनगर स्थित निलकण्ठ धाममा पन्च धातुबाट बनेको एउटा घण्ट सस्थाका अध्यक्ष राष्ट्रिय समाजसेबी प्रा।डा।जगदिश बैध बाट यहि सोमबार एक समारोह का बिच धामका अध्यक्ष देबमाया भट्टराई लाई हस्तान्तरण गरिएको छ ।सो घण्ट पशुपति अन्नपुर्णा आश्रम प्रदेश न।५ को समितिको सिफारिसमा प्रदान गरिएको हो ।नेपालभर आफ्ना आश्रम मार्फत बिभिन्न बिधालय,गुरुकुल ,अनाथ आश्रम , लगायत समाजमा रहेका अति बिपन्न परिबारलाई समय र माग अनुसार खाध्धान्न , लत्ताकपडा , घण्ट, सरस्वतीको मुर्ति र अन्य बिबिध सामाग्रीहरु बितरण गर्दै आईरहेको आश्रमका राष्ट्रिय अध्यक्ष बैध ले जानकारी गराउनु भयो ।

सो अबसरमा आश्रमका प्रदेश न ५ का प्रदेश प्रमुख कृष्ण प्रसाद नेपाल ले बोल्दै आफ्नो क्षेत्रमा यसरी घण्ट हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताउदै आगामी दिनहरुमा पनि बिभिन्न रचनात्मक सामाजिक काम गर्ने प्रतिबध्दता ब्यक्त गर्नुभयो ।आश्रम का केन्दिय पदाधिकारीहरु पुरुषोत्तम अर्याल ,५ न।प्रदेश संरक्षक दिपक घिमिरे लगायत प्रदेश उप प्रमुख भगबती शर्मा भुषाल लगायत अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो