हत्याको आरोपमा श्रीमान पक्राउ

१७ पुष २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । पर्सा प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका(५ पचरुखा बस्ने २७ वर्षीय देवा महतो रहेका छन् । २३ वर्षीया श्रीमती ललिता देवीलाई कुटपीट गरी हत्या गरेको अभियोगमा महतो बिहीबार पक्राउ परेका हुन् । एक महिना अगाडि श्रीमानको कुटपिटबाट घाइते भएकी ललिताको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको थियो । महतोलाई नियन्त्रणमा लिएर घटनाका बारेमा आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया