इन्डोनेसियामा बाढी पहिरो, २३ जनाको मृत्यु

१७ पुष २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


इन्डोनेसिया – इन्डोनेसियामा आएको बाढी पहिरोमा परी २३ जनाको मृत्यु भएको छ ।  अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा आएको बाढी र पहिरोमा पी २३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बाढी पहिरोमा परी दशौँ हजार स्थानीय वासिन्दा विस्थापित भएका छन् भने, उनीहरुलाई अस्थायी शिविरहरुमा राखिएको छ । हजारौ मानिसका घर भत्किएका छन् । बाढी पहिरो प्रभावित क्षेत्रमा घर, कारलगायतका भौतिक सामग्रीहरु पानी र माटोमा डुबेको तथा तैरिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

मृत्यु भएका मध्ये कम्तीमा २१ जनाको जाकार्तामा मात्रै मृत्यु भएको र अरु दुई जनाको छिमेकी जाभाको लेबाकमा मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ,” सामाजिक मामिला मन्त्री जुलियरी पिटर बाटुबाराले बिहीबार पत्रकारहरुसँग भने । बर्षा अत्यन्त छिटो भएको थियो, चाडो चाडो बढेर गएको थियो, हामीले के गर्ने कसो गर्ने भन्ने नै निर्णय गर्न नसक्ने अवस्थामा पर्‍यौँ,” एक महिलाले भनिन् । जाकार्तामा यसअघि सन् २०१३ मा पनि विनाशकारी बाढी पहिरो आएको थियो । त्यतिबेला पनि दर्जनौको मृत्यु भएको थियो । यस क्षेत्रमा बेला बेलामा बाढी पहिरो आईरहने गरेको अधिकारीहरुले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए…
  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…