एकै साथ देखिदै काजोल र अजय

प्रकाशित मिति:

एजेन्सी / अजय देवगन र काजोल ११ वर्षपछि पूनः एकैसाथ पर्दामा देखिँदैछन् । फिल्म ‘तानाजी द अनसङ्ग वारियर’मा काजोल र अजयसँगै देखिने भएका हुन् ।अजय कोजोल ऐतिहासिक पृष्ठभूमिमा बन्‍न लागेको फिल्म‍ ‘तानाजी द अनसङ्ग वारियर’ यो वर्षको नोभेम्बरमा सार्वजनिक हुनु पर्नेमा आउँदो १० जनवरी सन् २०२०मा सार्वजनिक हुँदैछ।यस फिल्ममा शिवाजीको सेनाको एउटा सैनिक तानाजी मालुसरेको जीवनमा आधारित रहेको छ।उक्त फिल्मको माध्‍यमबाट अजय देवगनले आफ्नी श्रीमती काजोललाई ११ वर्षपछि स्क्रिनमा ल्‍याउन लागेका हुन्। काजोल यसअघि सन् २००८मा ‘यू मी तथा हम’ चलचित्रमा एक साथ देखिएकी थिइन्।

फिल्मबारे अजयले आफ्नो ट्वीटर मार्फत भनेका छन्, ‘हामी दुवै जना ९पति(पत्नी० मालुसरेको बारेमा स्कूलको समयमा पढेका थियौ। तर अहिले समय बदलिएको छ। मानिसहरु अहिले यस्तै कहानीहरु खोजिरहेका छन्। यसकारण हामी यो इतिहासमा चर्चित व्‍यक्तिको भूमिका निर्वाह गर्दैछौ।’उक्त फिल्मको निर्देशन ओम रावतले गरेका छन् भने अजय र भूषण कुमार फिल्मका निर्माता हुन्।