अमेरिकी विमानहरुलाई पाकिस्तानी आकाश प्रयोग नगर्न निर्देशन

प्रकाशित मिति:

एजेन्सी । संयुक्तराज्य अमेरिकाले आफ्नो देशका एयर लाईन्सहरुलाई पास्कितानको आकाश प्रयोग नगर्न भन्दै निर्देशन जारी गरेको छ । आफ्ना देशका एयरलाइन्सहरुलाई पाकिस्तानको हवाई मार्ग प्रयोग नगर्न निर्देशन दिँदै यदि त्यो देशको हवाई रुट प्रयोग गरे पाकिस्तानी कट्टरपन्थी समूह र आतंकवादी समूहको निशानामा पर्न सक्ने चेतावनी दिएको छ ।बालाकोट स्ट्राइकपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय उडानहरुलाई कडाई गर्दै आएको छ । यसैकारण उसले ६८८ करोडको ठूलो घाटा बेहोर्नुपरिरहेको छ । यता, फेरि पाकिस्तानले भारतको लागि एयरस्पेस बन्द गरेपछि ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरिरहेको छ । यदि अमेरिकाले आफ्नो देशका एयरलाइन्सहरुलाई पाकिस्तानको एयरस्पेस हवाईमार्ग प्रयोग गर्नबाट रोक्यो भने पाकिस्तानले झन् ठूलो समस्या भोग्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । त्यसकारणले गर्दा पनि अन्य देशहरूले पाकिस्तानको हवाई मार्ग प्रयोग गर्न हिच्किचाइरहेका छन्। यसअघि पाकिस्तानले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीका विमानलाई समेत आफ्नो आकाशबाट उड्न दिएको थिएन । पाकिस्तानले भारतीय नेतृत्वलाई आफ्नो आकाशमा बन्देज लगाएको केही महिनापछि अमेरिकाले आफ्नो देशका एयरलाइन्सहरुलाई यस्तो सल्लाह दिएको हो ।