८ किलोमिटर हिडेर रोटीका लागि संघर्ष गर्थे नाना पाटेकर

प्रकाशित मिति:

काठमाडौं । बहुमुखी प्रतिभा नाना पाटेकर १ जनवरी १९५१ मुराद  जन्जिरा  महाराष्ट्र मा जन्मिएका बलिउड अभिनेता नाना पाटेकर ६८ बर्षका हुन् । नानाको जीवन बारे यस्ता कयौ कुराहरु रहेक छन् जो कमै दर्शकलाई थाहा होला। उनले थ्रिएटरबाट अभिनयको सुरुवात गरे भने आज बलिउडमा एक हस्तिका रुपमा रहेका छन् । उनले थ्रिएटर कलाकार नीलू उर्फ नीलकान्तिसँग विवाह गरेका थिए ।नाना १३ वर्षको उमेरमा परिवारको पालनपोषणका लागि काम गर्न थाले। स्कूलपछि नाना ८ किलोमिटर टाढा लाइम भट्टीमा जान्थे र रोटीका लागि फिल्मका पोस्टरहरू रंगाउथे। यस संघर्षको कारण नानाको नाम आज उत्तम अभिनेता मध्ये एक बनेको छ । आज फ्यानहरूका दिलमा उनी राज गर्छन् । उनी केवल फिल्महरूमा आफ्ना शक्तिशाली चरित्रको कारणले मात्र नभई संवादका कारण पनि चर्चामा छन् ।

उनले विवाहमा ७ सय ५० रुपैयाँ खर्च गरेका थिए । आफ्नो विवाहमा गरेको खर्च बारे नाना पाटेकरले अन्तर्वार्ताहरुमा बताउने गरेका छन् । पहिले आफ्नो करियर बनाउने र मात्र विवाह गर्ने पक्षमा थिए नाना । उनले भने ‘मैले विवाह गर्ने वारे पहिले सोचिन । त्यसैले थ्रिएटरमा अभिनय गरे । पहिले म केहि पैसा कमाउन थालु र कोहि केटि मसँग विवाह गर्न राजि भए मात्र विवाह गर्ने पक्षमा थिए । थ्रिएटरमा नीलूसँगको भेट सम्झदै नानाले भने ‘मैले नीलूसँग विवाह गरे , उनिसँग मेरो पहिलो भेट थ्रिएटरमा भएको थियो । उनि निकै राम्रो अभिनेत्री र लेखक पनि हुन् । नीलू एक बैंकमा अफिसर थिइन् र २ हजार रुपैया महिनामा कमाउथिइन् । सो समय म प्रति शो ५० रुपैया कमउथे । म महिनाको १५ शो गर्दा पनि ७ सय ५० रुपैयाँ कमाउथे । म र नीलूको कमाई जोडेर ३२ सय ५० रुपैयाँ हुन्थियो जुन पर्याप्त भन्दा ज्यादा थियो ।  विवाहको प्रसंगमा नाना भन्छन् , ‘ ७० दशकको मध्यमा २ सय रुपैयामा राशन आउथियो । यसैले हाम्रो बचत निकै हुन्थियो । हामिले विवाहमा ७ सय ५० रुपैयाँ खर्च गरेका थियौ । सो खर्चवाट हामिसँग २४ रुपैयाँ बचेको थियो । सो त्यहि रहेको २४ रुपैयाले हामिले सफ्ट ड्रिंक किन्यौ र पाहुनालाई सामान्य पार्टी दियौ । विवाहपछि हामि एक रातको लागि पुणे गएका थियौ । अरविन्द देशपाण्डेले हाम्रो लागि होटलमा कोठा बुक गरेका थिए ।’

नाना पाटेकरका अनुसार उनको श्रीमती नीलू सिनेमाबाट टाढै रहिन् । उनि भन्छन् , ‘ उनको एक मात्र चलचित्र ‘आत्मविश्वास’ थियो , जसलाई सचिन पिलगांवकरले निर्देशन गरेका थिए । सो चलचित्रको लागि उनलाई बेस्ट एक्ट्रेसको अवार्ड पनि दिइएको थियो । नानाका अनुसार बढ्दो उमेरसँगै नीलूको वजन केहि बढ्यो र उनि सिनेमावाट अलग रहिन् । नाना भन्छन् – ‘नीलूलाई मैले वजन कम गर्नको लागि पनि सलाह दिएको थिए । नाना पाटेकर श्रीमती नीलूबाट अलग बस्दै आएका छन् । उनिहरुको सम्बन्ध बिच्छेद भने भएको छैन । एक अन्र्वार्तामा नानाले भने , ‘हामि सधै भेटछौ र एक( अर्काको ख्याल पनि राख्छौ ।’ सो समय नानाको अफेयर मनीषा कोइरालासँग चलिरहदा श्रिमित नीलूले पत्ता पाएपछि नानालाई छोडेको भन्ने पनि सुन्नमा आएको छथियो । तर नाना यी सबै कुरालाई अस्विकार गर्दै आएका छन् ।नाना पाटेकरको एक छोरा रहेका छन् । जसको नाम मल्हार हो । मल्हार भन्दा पहिले उनको जेठो छोराको जन्म भएको थियो जसको मृत्यु केहि समपछि भयो । उनले भने, ‘२७ वर्षको उमेरमा मेरो विवाह भयो । जब २८ बर्षको भए बुवालाई गुमाए र त्यसको करीब अढाई बर्षपछि मेरो जेठो छोराको मृत्यु भयो । जन्मदै उसको ओठ काटिएको थियो साथै अन्य समस्या पनि उसमा थियो ।’