यस्ता थिए पुष्पक विमानका विशेषता, हेर्नुहोस

प्रकाशित मिति:

एजेन्सी /बाल्मीकि रामायणमा गरिएको वर्णन अनुसार यो विमान मयुरकोे आकारको थियो ।यसको गति निकै तिव्र थियो र चालकको इच्छा अनुसार यसलाई कुनै पनि स्थानमा लैजान सकिन्थ्यो ।अचम्म लाग्ने कुरा त यसलाई आवश्यकता अनुसार सानो ठूलो बनाउन सकिन्थ्यो ।यो रातको समयमा पनि उड्न सक्थ्यो ।सबै ऋतुहरुका अनुसार यो विमानमा सुत्ने, मणिहरुले सजिएको ढोका र सिँढिहरु थिए ।यो विमानमा गोप्य कक्ष पनि थियो भने नीलमले बनेको सिंहासन पनि थियो ।

यो विमान एक स्थानबाट अर्को स्थानमा मात्र होइन एक ग्रहबाट अर्को ग्रहमा पनि जानसक्ने खालको भएको धर्मग्रन्थहरुमा व्याख्या गरिएको छ ।पुष्पक विमान जसले पायो त्यसले चलाउन सक्दैन थियो त्यसका लागि विमान सञ्चालन सम्बन्धी मन्त्र सिद्ध हुनुपर्ने व्यवस्था थियो ।