सांसद वीरेन्द्र कनोडियालाई उखु किसानको भूक्तानी तिर्न कांग्रेसको निर्देशन

१८ पुष २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
31 Shares


काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नम्बर ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको भूक्तानी तिर्न निर्देशन दिएको छ । आज विहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई उखु किसानहरुको बाँकी रहेको भूक्तानी तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कनोडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको भूक्तानी नदिएको समाचारका सन्दर्भमा पार्टीको ध्यानाकर्षण भएको जानकारी दिनुभयो । कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक हुनुहुन्छ । यस्तै, कांग्रेस केन्द्रीय समिति बैठकले समाजवादी पार्टीसँग राष्ट्रियसभामा तालमेल गर्न छलफल थाल्ने निर्णय समेत गरेको छ । प्रवक्ता शर्माले सभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरुको भेटघाट भएको र राष्ट्रियसभामा तालमेल हुन सक्ने बताउनुभयो । पार्टीभित्र रहेको आन्तरिक किचलो धेरै दिन नरहने उहाँले दाबी गर्नुभयो । यता, संस्थापन इतर समूहको बैठकले भने यसअघिको केन्द्रीय समिति बैठकले गरेका १४ औं महाधिवेशन लगायतका निर्णय फिर्ता गर्नुपर्ने अडान दोहोयाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग