सुडानमा सैन्य विमान दुर्घटना

१८ पुष २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/ सुडानको सैन्य विमान वेस्ट डार्फर राज्यमा दुर्घटनामा परेको छ। घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बताइएको छ।प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । यो विमानले जातीय समूहबीच हिंसात्मक द्वन्द्व चर्किएको क्षेत्रमा राहत सहयोग पुर्‍याइरहेको थियो।

सेना प्रवक्ता मोहम्मद अल हसनले समाचार संस्था एफपीलाई बताए अनुसार मृत्यु हुनेमा चालक दलका सात जना सदस्यका साथै तीन जना न्यायाधीश र आठ जना सर्वसाधारण छन्।विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । वेस्ट डार्फरमा भड्किएको दङ्गामा पछिल्लो एक हप्तामा ४८ जनाको मृत्यु भएको छ भने २४१ जना घाइते भएको सुडानको रेड क्रेसेन्टले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने