सुजाता कोइराला भन्छिन – ‘आन्तरिक किचलो रहिरहे आउँदो चुनावमा कांग्रेस जिरो हुन्छ’ [भिडियो]

१८ पुष २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


सबलपोस्ट/बुटवल – नेपाली कांग्रेसकी नेतृ एबम जिपी कोइराला फाउन्डेसनकी केन्द्रिय अध्यक्ष सुजाता कोइरालाले पार्टी बचाउन सभापति शेरबहादुर देउवालाइ आग्रह गरेकी छन् । बुटवलमा प्रेस युनियनको पत्रकार सम्मेलनमा बोल्दै सुजाताले देउवाले फेरि सभापति बन्नकै लागिे पार्टी समाप्त पार्न लागेको आरोप लगाइन् । ‘पार्टी सबैभन्दा ठूलो कुरा हो,ब्यक्ति होइन,पार्टीको बिबाद नमिले आउने चुनावमा कांग्रेस जिरो बन्छ । ’ उनले भनिन् ।

उनले भनिन् —‘यदि पार्टीभित्र गुट र यस्तै किचलो भैरहे म गिरिजाप्रसाद कोइरालाको छोरीको पनि हात यो पार्टीमा भोट हाल्नलाइ कांप्च ।’ भोट हाल्ने बेला जनताले पनि यो बिषयमा गम्भिर भएर सोच्ने उनको भनाइ छ । पार्टीको बिबाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनुपर्ने कोइरालाको धारणा छ । कांग्रेस महाधिबेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाइ बलियो बनाउनेलाइ जिताउनुपर्ने उनको भनाइ छ । कोइराला परिवार भनेर मात्रै होइन,कांग्रेसमा योगदान गरेको इतिहास छ । शेखर,शशांक ,म जोभएपनि हामी बिच बिबाद छैन,मिलेरै अगाडी बढ्नुपर्ने उनको भनाइ छ ।

कांग्रेस केन्द्रिय सदस्य समेत रहेकी कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन् ।सरकारले जनचाहना बिपरितका काम गरेको भन्दै उनले सरकारलाइक्ष् सच्चीन आग्रह गरिन् । निर्मला हत्या,वाइडबडी,बालुवाटार,यतिकाण्डदेखि २०—३० वटा काण्डै काण्ड मच्चाएर सरकारले के गर्न खोजेको हो भनेर उनले प्रश्न समेत गरिन् । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही जिल्ला सचिब राम कृष्ण खाड , कांग्रेस गुल्मीकी सचिब बिष्णु कुमारी सापकोटा ,नगर सभापति खेलराज पाण्डे,राम कार्की लगायतको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलन सभापति रेखा भुसालको अध्यक्षता तथ सहसचिब कल्पना तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम पुर्ब मन्त्री तथा जिपि कोइराला फाउन्डेसन कि अध्यक्ष सुजता कोइराला संग प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम ।लाईभ : राम भण्डारी / होटल एभिन्यु गोलपार्क बुटवल

Posted by Sabalpost.com on Thursday, 2 January 2020

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु