नेपाली युवा अध्ययनका लागि विदेशिनु पर्ने बाध्यता र आधुनिक शिक्षा विस्तारका लागि राज्यको ध्यान कहिले जाला ?

१८ पुष २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
141 Shares


आधुनिक शिक्षा पाउनको लागि विदेश जानुपर्ने
आमाबाबुलाई सन्तानको लागि ऋण काढ्नुपर्ने

यो देशका युवालाई आधुनिक शिक्षा दिनुहोस्
पढ्न विदेश जानु पर्ने बाध्यता रोक्नुहोस्।।

ठूला मानिसकालागि जेल बनाउनु भन्दा बालकका लागि स्कुल बनाउनु वेश हो यस भनाइबाट पनि प्रस्ट हुन्छ कि शैक्षिक क्षेत्रमा विस्तारका लागि राज्यले अब कति ध्यान दिने र के गर्नु पर्छ? पुस्तक नभएको घर र झ्याल नभएको कोठा समान हुन्छ भन्ने उक्तिबाट पनि यो साबित हुन्छ कि नेपाली युवा तन मन र धन लगाएर ठिक समय ठिक काम त्यसैको लागि परिश्रम गर्छन् सफलताको विश्वास गर्छन् तर बिडम्बना यो क्षणिक हुन्छ ।कत्रो सपना बोकेर रातदिन नभनी मेहनत गर्छन् न त यहाँ त्यो मेहनत अनुसार अघि बढ्न सकिन्छ न त जागिर ।
लगानी गरेअनुसार विद्यार्थीले चाहेको यही पढ्न पाए भने पनि त्यो खर्च गरेको रकम आफ्नै भूमिमा त रहन्छ ।यही भूमिलाई काम आउँछ आखिर अध्ययनका लागि विदेश जानु पर्ने बाध्यता कहिले सम्म??

अभिभावकले सन्तानको खुसीको लागि मेहनत गरेर पढाउनुहुन्छ पढ्नको लागि विदेश पठाउनुहुन्छ र सन्तान सब त्यागी अरुको देशमा गएर पढ्नुपर्छ त्यहाँ खानुपर्यो बस्नुपर्यो र बाध्यता हुन्छ उनिहरुलाई अरुको जुठो भाँडा माझ्न।कमसेकम आधुनिक शिक्षा यही भए किन जानु अरुको देशमा । हामी सन्चारको दुनियाँमा छौ त्यसैबाट सब देख्न पनि सक्छौ विदेशमा बच्चा देखि नै उनीहरुको रुचिअनुसारको पढाइ हुन्छ र त्यहि अनुसारको जागिर पनि ।तर यहाँ सकिनसकि घोकन्ते विद्या लियो न जब न के अनि राम्ररी पढ्न भन्यो विदेश उफ् यसरी युवाहरु मरुभूमि नै धाइरहे भने के गरी बन्छ देश र कसरि सिकिन्छ आधुनिक शिक्षा  अहिलेका युवा हरेक क्षेत्रमा पूर्ण छन् जे पनि गर्न तयार छन् ।पाइलट पेट्रोलियम ईन्जिनियर जस्ता जुन देशका लागि आवश्यक शिक्षा छन् यि आधुनिक शिक्षा लिनका लागी विदेश जानु पर्ने ।आखिरीमा यो सब यही पढाएर अभ्यास शिक्षण आफ्नै भूमिमा गराए लगानी कति बचत हुन्छ सोच्नु भाछ।।

सन्तानलाई D.V भोरी अमेरिका भाषा पढेर जापान दलाललाई पैसा खुवाएर मरुभूमि जानुभन्दा यही देशमा आधुनिक शिक्षाको विस्तार गर्न सकिदैन र ।आजको युग नै आधुनिक हो हरेक कुरा सन्चारसङ्ग जोडिएका छन् ।नेपालमा नर्सिङ पढेर जागिर गर्न अस्ट्रेलिया यो त फिटिक्कै भएन । अबको निती ल्याउदा युवालाई यही देशमा आधुनिक शिक्षा दिई रोजगार दिनुहोस् बल्ल बन्छ देश र सप्रिन्छ देशको अर्थतन्त्र ।।

विदेशमा पढाईने पढाइ नेपालमा पढाउन सकिदैन र
नेपाली भूमिलाई नै अमेरिका जापान बनाउन सकिदैन र

युग नै आधुनिक भएसि पढाइ आधुनिक बनाउन
पढेका हरेक युवालाई यही देशमा रोजगारी दिलाउन।।

      बबिता थापा
रिब्दिकोट ०७बतासे पाल्पा

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • भारतीय मिडियाको उच्छृंखल सामाग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’
  • कार्यकर्तालाई प्रचण्डको आग्रहः कसैलाई राष्ट्रघाती र कसैलाई राष्ट्रवादी भन्दै नारा…
  • रुसमा कोरोना खोपको क्लिनिकल परीक्षण सफल
  • जनचासो, गुनासा र प्रभावकारी योजनाको लागि शुद्दोधनको सामाजिक परीक्षण
  • युग परिवर्तनका सम्वाहक युवा नै हुन् : कांग्रेस युवा नेता…
  • ग्रीका एयर कन्डिसन गुणस्तरीय भएकाले ग्राहकको पहिलो रोजाइमा
  • नेविसंघद्वारा आयल निगम घेराउ
  • रुपन्देहीमा लुम्बिनी मेट्रोसिटीले शुरु गर्यो सार्वजनिक यातायात सेवा
  • राजपुरमा जलीय जैविक विविधता संरक्षण समुह गठन
  • असफल खानेपानी आयोजना जिम्मा लिन नेकपाको ब्ल्याकमेलिङ