अर्घाखाँचीको फर्सवाटाकुरा माविको ४४ औँ बार्षिकोत्सव सम्पन्न

बुटवल –अर्घाखाँचीको पाणिनी गाँउपालिका ३ खिदिममा रहेको फर्सवाटाकुरा माध्यामिकविद्यालयको ४४ औँ बार्षिकोत्सव तथा अभिभावकदिवस कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटनगर्दै प्रमुख अतिथि पाणिनीगाँउपालिकाका शिक्षा युवा तथा खेलकुँद शाखा प्रमुख कृष्ण प्रसाद पोखरेलले सामुदायिक बिद्यालयहरुले राज्यको लगानि अनुसारको प्रतिफल दिन नसकेको गुनासो गर्नुभयो । उहाँले राज्यको लगानीलाई न्यायहुनेगरि प्रतिफलदिनबिद्यायलहरुले अझ मिहिनेत गर्न आबश्यक रहेको बताउर्दै बिद्यालयको शैक्षिक गुणस्तर माथिउठाउनगाउपालिका सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयमा स्थापनागरिएका सबै अक्षयकोषका पुरस्कार तथा छात्र बृति प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा अक्षय कोष स्थापनार्थ सहयोग गर्ने सम्पुर्ण सहयोग दातालाई पनि कार्यक्रममा सम्मान गरिनुका साथै विद्यालयमा संचालित सप्ताहाब्यापि खेलकुँदप्रतियोगिताकाबिजेताहरुलाईपनि पुरस्कार प्रदानगरिएको थियो ।
विद्यायलका प्राचार्य मुक्तिनाथ ज्ञवालीले बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा पाणिनी गाँउपालिका वडानम्बर ३ कावडा सदस्यओम प्रकाश भुसाल, गाँउपालिकाका नेकपाका अध्यक्ष कमलघिमिरे, गाँउपालिकाका नेपालीकाँग्रेस संयोजकबिष्णु प्रसादअर्याल, अक्षयकोष दातातथापूर्व विद्यार्र्थी रमेश ज्ञवाली, विद्यालयब्यावस्थापन समितिकापूर्व अध्यक्ष बसन्त केसी, स्थानिय बासि मधु अर्याल लगायतले सुभकामना मन्तब्य राख्नुभएको थियो ।
विद्यालय ब्याबस्थापन समिति अध्यक्ष हुमबहादुर जिसिको अध्यक्षता, पाणिनी गाउपकलिका शिक्षा युवा तथा खेलकुँद शाखा प्रमुख कृष्ण प्रसाद पोखरेल को प्रमुख आतिथ्यता र विद्यालयका शिक्षक नवराज पोखरेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको संचालन शिक्षकलिलापति घिमिरेले गर्नुभएको न्यु लाइटकलेज शङ्करनगर रुपन्देहीका प्राचार्य समेत रहेका फर्सवाटाकुरा माविकापूर्व विद्यार्थी रमेश ज्ञवालीले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया