राष्ट्रियसभा चुनावमा कांग्रेस र समावादीबीच होला त गठबन्धन ?

१८ पुष २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं– राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने विषयमा नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबीच छलफल हुने भएको छ । विशेषगरि प्रदेश नम्बर दुईमा कांग्रेस र समाजवादी पार्टीले गठवन्धन गर्ने तयारी गरेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई दलबीच आज छलफल हुने जानकारी दिए । दुई दलबीच राष्ट्रियसभा चुनाव लगायत अन्य समसामयिक विषयमा छलफल हुने उनको भनाइ थियो ।

सत्तारुढ दल नेकपा र राजपाबीच प्रदेश नम्बर दुईमा राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने यसअघि नै सहमति भएको थियो । राजपासँग नेकपा नजिकिएसँगै उपेन्द्र यादव सत्ताबाट बाहिरिएका थिए । प्रदेश नम्बर दुईमा चार सिट मध्ये २ राजपा र दुई नेकपाले लिने गरि सहमति भएको छ । कांग्रेस र समाजवादीबीच हुने गठवन्धनले सीटमा भने खासै प्रभाव पार्ने देखिएको छैन । तर समाजवादीले नेकपा र राजपाको भोट आफूले ल्याउन सक्ने आकल गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?