गण्डकी विकास बैंकको स्थापना दिवसमा सहयोग 

प्रकाशित मिति:

बुटवल – गण्डकी विकास बैक लिमिटेड बुटवल चौराहा शाखाको १० अौ वार्षिकोत्सबको अवसरमा मानव सेवा अाश्रमलाई सहयोग हस्तान्तरण गरेको छ । शुक्रबार एक समारोहका बिच अाश्रमका प्रदेश संयोजक सरु अधिकारी, संरक्षक शेर बहादुर गौतमलाई बुटवल उपमहानगरपालिका वडा ८ का वडाअध्यक्ष भिम बहादुर श्रेष्ठ, बैकका क्षेत्रिय प्रबन्धक मिलन कुमार पुनले रेफिज्रेरेटर हस्तान्तरण  गर्नुभएको  ह‍ो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा ८ का वडाअध्यक्ष भिम बहादुर श्रेष्ठले सडक मानव युक्त अभियानलाई
सफलता पुर्याउने लागेको बताए ।

गण्डकी विकास बैकमा क्षेत्रिय प्रबन्धक मिलन कुमार पुनले बैकिङ कार्यसंगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अाएको बताए । समाजमा बैकिङ सचेतनाका साथै रक्तदान,अनाथ अपाङलाई सहयोगको काम गर्दै अाएको उनले बताए । यसैगरि जीवन बिमा अन्तरगत बैककि ऋणि विष्णु थापा क्षेत्रीको श्रीमानको मृत्युपश्चात् १ लाख रकमको चेक पनि आजै एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको बैकका कर्मचारी  आविष्कार खनालले बताए । पोखरामा केन्द्रिय कार्यलय रहेको रास्ट्रिय स्तरको बैंकको रुपन्देही जिल्लामा मात्र गण्डकी बैकको १० वटा शाखाबाट सेवा दिईरहेको छ।

सो अवसरमा मानव सेवा आश्रमकि रुपन्देही  संयोजक सरु अधिकारीले  असहाय सडक मानवलाई गासबास दिन थालेको अभियानलाई सरकारबाट समेत  सहयोग भएको बताउदै  गण्डकी बिकास बैंकले गरेको सहयोग्को  प्रशंसा व्यक्त गरिन । कार्यक्रममा बैंकका रुपन्देहीका विभिन्न साखाका प्रबन्धक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।