बामदेवले अस्विकार गरे राष्ट्रिय सभा

प्रकाशित मिति:

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले राष्ट्रियसभा सदस्यको राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन आफ्नै शर्त रहेको भन्दै उम्मेदवार बन्न अस्वीकार गरेका छन् । गौतमले आफू प्रधानमन्त्री हुने राष्ट्रियसभामा जाने भन्दै उनले संविधान संशोधन गर्नुपर्ने शर्त राखे ।

तर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गौतमको शर्त ठाडै अस्वीकार गरे । नेकपा सचिवालयको बैठकमा अध्यक्षद्धय ओली र प्रचण्डले गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम प्रस्ताव गरेका थिए । उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न नसकिने र गौतम अहिले प्रधानमन्त्री बन्न पनि सम्भव नभएको ओलीले बताए ।

त्यसो भए उम्मेदवार नबन्ने नेता गौतमले बताए । अर्का नेता श्रेष्ठले भने आफ्नो आकांक्षा नभएको तर पार्टीले अहिले राष्ट्रियसभामा गएर भूमिका खेल भन्छ भने त्यसमा शर्त नराख्ने बताएको एक नेताले सुनाए ।