राष्ट्रिय सभा : ‘प्रदेश ५ बाट कांग्रेसका न्यौपाने, पाण्डे र हलुवाइ’

प्रकाशित मिति:

बुटवल — नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यकालागि प्रदेश नं. ५ बाट तिन जनाको उम्मेदवारी टुङ्गो लागेको छ । पार्टी उच्च श्रोतका अनुसार महिला उम्मेदवारमा दाङ्गकी गिरीजा न्यौपाने,अन्यबाट अर्घाखाँचीका बालकृष्ण पाण्डे, र अल्पसंख्यकबाट बाँकेका मेराज हलुवाइको उम्मेदवारी पक्का भएको हो ।

न्यौपाने नेपाल महिला संघका केन्द्रिय सदस्य हुन । अर्घाखाचीका पाण्डे काँग्रेसका केन्द्रिय सदस्य हुन भने मेराज बाँके काँग्रेसका जिल्ला सदस्य हुन । पार्टीको आधिकारिक निर्णय सार्वजनिक भइनसके पनि प्रदेश ५ बाट तीन जनाको नाम टुङ्गो लागेको श्रोतको दावी छ ।