न्यू लाइफमा रजत महोत्सवको उद्घाटन समारोह सम्पन्न

१८ पुष २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने / बर्दघाट –  न्यू लाइफ माध्यमिक विद्यालय तथा कलेजद्धारा आफ्नो पच्चिसौँ वर्ष पुरा गरेको अवसरमा आज एक कार्यक्रमका वीच रजत महोत्सवको उद्घाटन गरिएको छ । प्रदेश नं।५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले रजत महोत्सवको उद्घाटन गर्दै रजत जयन्ती विशेष स्मारिका विमोचन गर्नुभएको छ । सस्थागत विद्यालयको योगदानप्रति उच्च मूल्याङ्कन गर्दै मन्त्री बरालले संस्थागत विद्यालयले देशको शैक्षिक गुणस्तर वृद्धि गर्न ठूलो योगदान गरेको बताउनुभयो । उहाँका अनुसार संस्थागत विद्यालयहरुले शैक्षिक क्षेत्रमा गरेको लगानी खेरा नजाने प्रतिबद्धता जाहेर गर्दै उक्त लगानीको संरक्षण गर्ने दायित्व राज्यको भएको बताउनुभयो । पछिल्लो समय नेपालमा निजि शैक्षिक संस्थाहरुको योगदानलाई कसरी राष्ट्रिय शिक्षा नितिसँग व्यवस्थापन गर्ने र संस्थागत विद्यालयहरुका सकरात्मक उपलब्धीहरुलाई राज्यले कसरी ग्रहण गर्ने भन्ने विषय निकै गहन रहेको मन्त्री बरालले बताउनुभयो । संस्थागत विद्यालयको भूमिका प्रति सामूदायिक विद्यालयहरु हातेमालो गर्दै सकारात्मक अभ्यासलाई अनुशरण गराउदै राज्यले संस्थागत विद्यालयहरुको अभिभावकत्व ग्रहण गर्ने बताउदै उहाँले संस्थागत विद्यालयहरुमा भएको लगानीप्रति राज्य अत्यन्तै गम्भिर रहेको र राज्यले अभिभावक बनेर संस्थागत र सामूदायिक विद्यालयहरुको शैक्षिक स्थितिलाई मूल्याङ्कन गर्दै संस्थागत विद्यालयहरुको योगदानलाई राष्ट्रिय शिक्षा नीतिमा समावेश गर्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नं। ५ का प्रदेश सदस्य दिपेन्द्र कुमार अधिकारीले निजि विद्यालयका उपलब्धीहरु उल्लेखनीय रहेको बताउनुभयो । सरकारले सबैलाई शिक्षा प्रदान गर्ने नसकिरहेको अवस्थामा पनि निजि शैक्षिक संस्थाहरुले ठूलो लगानी गरि गुणस्तरीय शिक्षा प्रदान गरेको अधिकारीले बताउनुभयो ।कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश नं। ५ का कार्यालय प्रमुख रमाकान्त तिवारी, नगर प्रबक्ता रविन्द्र विक्रम हमाल, प्याब्सनका केन्द्रिय सदस्य सुवर्ण न्यौपाने, प्याब्सनका नवलपरासी जिल्ला अध्यक्ष इन्द्र गुरुङ, दिव्य ज्योती मा।वि।का प्राचार्य हुमनाथ आचार्य, पूर्व प्रधानाध्यापक दिपक रोकाहा, लगायतले बोलेका थिए । कार्यक्रममा पूर्व संचालक, पूर्व प्रधानाध्यापक, पूर्व सह–प्रधानाध्यापक, पाँच वर्ष भन्दा बढी निरन्तर रुपमा कार्यरत रहनुभएका शिक्षक÷शिक्षिका तथा कर्मचारी, तेक्वान्दोमा ब्ल्याक बेल्ट पास गरेका विद्यार्थीहरुलाई सम्मान पत्र प्रदान गरिएको प्रधानाध्यापक सन्तोष अधिकारीले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य संस्थापक सदस्य डिल बहादुर अधिकारी र थम अधिकारीले राख्नुभएको थियो । कार्यक्रममा विद्यालयको प्रतिवेदन प्रधानाध्यापक सन्तोष अधिकारीले प्रस्तुत गर्नुभएकोे छ भने कार्यक्रमको सञ्चालन सह–प्राचार्य दिननाथ पौडेलले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया