लुम्बिनी वाणिज्य क्याम्पसमा शिक्षक अभिभावक संघको भेला सम्पन्न

१८ पुष २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


मोहन पौडेल / पौष –  लुम्बिनी वाणिज्य क्याम्पस शिक्षक अभिभावक संघको भेला तथा तेश्रो अधिवेशन शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।
भेला तथा तेश्रो अधिवेशनले लोकराज शर्माको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । जसको उपाध्यक्षमा भगवती पाण्डे, सदस्य सचिवमा डिल्लीराज गौतम, कोषाध्यक्षमा माधव प्रसाद नेपाल, सदस्यहरुमा हिमलाल डुम्रे, नेत्र प्रसाद बेल्बासे, मिरा श्रेष्ठ, नवराज खरेल र शारदा चापाँगाई रहनुभएको छ ।भेला तथा अधिवेशनका प्रमुख अतिथि प्रदेश नम्बर ५ योजना आयोगका उपाध्यक्ष प्रा. डा. ईश्वर गौतमले शैक्षिक संस्थाको वृहत्तर विकासमा शिक्षक तथा अभिभावकको महत्वपुर्ण भुमिका रहने हुदा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरी अगाडि बढेमा थप नयाँ उचाईमा पुग्न सकिने बताउनुभयो । विशिष्ट अतिथि लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले क्याम्पसलाई अगाडि बढाउन शिक्षक अभिभावक संघले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको स्मरण गर्दै शिक्षक, अभिभावक, विद्यार्थी, क्याम्पस व्यवस्थापन समितिबीच सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्ने कुरा व्यक्त गर्नुभयो ।

 

अतिथि एवं क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले शिक्षक अभिभावक संघले क्याम्पसको चौतर्फि विकासका लागि सकारात्मक भुमिका खेल्दै आएको बताउदै क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावकहरुले नियमित रुपमा क्याम्पस प्रशासनसंग छलफल एवं परामर्श गर्नुपर्ने कुरा औल्याउनुभयो । भेला तथा तेश्रो अधिवेशनमा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद अर्यालको अध्यक्षता, सदस्य सचिव प्रा. डा णकृष्ण भट्टराईको संचालन, भरत पाठकको स्वागत मन्तव्य रहेको थियो भने पब्लिक क्याम्पस प्राध्यापक संघका इकाइ सचिव रञ्जन ज्ञवाली, कर्मचारी संघ इकाइ समिति उपाध्यक्ष राधा पन्थ, अभिभावकहरु लोकराज शर्मा, मिरा श्रेष्ठ, दया भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अध्यक्ष कृष्ण प्रसाद अर्यालले पेश गर्नुभएको अध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । दोश्रो सत्रका लागि सहप्राध्यापक कुल बहादुर कार्की प्रमुख निर्वाचन अधिकृत, प्राध्यापक कृष्ण गौतम र उपप्राध्यापक भरत भुसाल निर्वाचन अधिकृत रहेको तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरिएतापनि नयाँ कार्यसमिति भने निर्विरोध चयन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला