ईरानले घोषणा गर्यो नयाँ सैन्य कमाण्डर

१८ पुष २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –  इरानले आफ्नो विशेष सैन्य दस्ताको प्रमुखमा ब्रिगेडियर जनरल इस्माइल कानीलाई नियुक्त गरेको छ ।इरानका सर्वोच्च धार्मिक नेता आयतुल्लाह अली खमेनीले इस्माइललाई नयाँ कमाण्डर तोकेका हुन् । जनरल कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणमा मृत्यु भएपछि नयाँ कमाण्डर घोषणा गरिएको बीबीसीले जनाएको छ । सर्वोच्च नेता खमेनीले आफ्नो सरकारी वेबसाइटमा एक वक्तव्य जारी गर्दै लेखेका छन्, ‘जनरल कासिम सुलेमानीको शहादतपछि मैले ब्रिगेडियर जनरल इस्माइल कानीलाई कमाण्डर नियुक्त गरेको छु ।

जनरल कानी १९८० देखि १९८८ सम्म चलेको आठ वर्ष लामो ईरान इराक युद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेमध्येका एक रहेको खमेनीले बताएका छन् । खामेनीले उनलाई सहयोग गर्न र शुभकामना दिनका लागि सैन्य फोर्सका सदस्यहरुलाई आग्रह पनि गरेका छन् । ईरानले सन् १९७९ को क्रान्तिपछि देशको इस्लामिक व्यवस्था रक्षाका लागि इस्लामिक रिभोल्युसनरी गार्ड कोरको गठन गरेको थियो । त्यसपछि यो सैन्य दस्ता ईरानको सबैभन्दा प्रमुख सैन्य, राजनीतिक र आर्थिक शक्ति बन्यो र यसको सिधा सम्पर्क सर्वोच्च धार्मिक नेता र अन्य बरिष्ठ नेतासँग भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङका दुग्ध संकलन केन्द्रमा नै पुगेर पशुहरुको स्वास्थ्य परिक्षण
  • बाढीप्रभावितलाई क्षतिपूर्ति र नदी नियन्त्रण गर्न नेकपा तिलोत्तमाको आग्रह
  •   वालिङमा आइसोलेसनमा रहेका पुरुषको निधन
  • आँधीखोला लघुवित्तका संचालक र कर्मचारी विच अन्तरक्रिया
  • तरुण दल प्रगतीनगरमा नेतृत्व चयन
  • उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न बुटवल उद्योग बाणिज्य संघको आग्रह
  • देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए…
  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।