अर्जुन र बिष्णुको नेतृत्वमा अपांगहरुलाई सहयोग ।

१२ आश्विन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
501 Shares


कार्यक्रममा आमाको मनका संयोजक द्वय अर्जुन गुरुंग र बिष्णु माया गुरुंग ( सिन्धु ) को उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सामाजिक कथामा आधारित फिल्म ‘आमाको मन’मनाङ को नाचै गाउँमा छायांकन गरिएको थियो भने बुटवलमा असोज ३ गते अर्थात संबिधान दिवसको अवसर पारी प्रदशन गरिएको थियो ।
सामाजिक कार्यमा तत्पर अर्जुन र बिष्णुले उक्त फिल्म बाट संकलित केही प्रतिशत रकमको हिस्सा बापत खाद्यान्न , भाडाकुडा , फलफुल लागएताका सामाग्रीहरु अपांग आश्रममा हस्तान्तरण गरेका हुन साथै नेपाल अपांग आश्रमका अध्यक्ष दोल बहादुर रामदाम मार्फत उक्त सामाग्री संयोजक अर्जुन गुरुङको अध्यक्षतामा हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष अर्जुन गुरुङले सक्षम भएर पनि असक्षम तथा अपांगहरुलाई हेर्ने प्रवृत्ति गलत रहेको कारणले गर्दा अपांग तथा अनाथलाई दु:ख भएको बताएका थिए साथै उनले अपांगलाई आउँदा दिनमा सहयोग र सहकार्य सदैब गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । फिल्ममा मुख्य आकर्षकको रुपमा राम प्रसाद गुरुङ , बिबेक गुरुङ र निर्देशन जनक गुरुङले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया