कागतीको जुस,अचार र विरुवा बनाउँदै २२ बर्षे प्रदिप पाण्डेय

प्रकाशित मिति:

गोपिकृष्ण रेग्मी स्याङजाको गल्याङ नगरपालिका वडा नं.२ रैवारमा बुवा रुक्मगत र आमा सरस्वतीको कोखबाट जन्मिनुभएका २२ बर्षे प्रदिप पाण्डेय यतिबेला पढाइ सँगसँगै कृषि पेशामा व्यस्त हुनुहुन्छ । स्नातक पढदै गरेका पाण्डेयले जगत्रदेवी विरुवा उत्पादन तथा बिक्रि केन्द्र नामक कृषि फर्म दर्ता गरि कागतीको शतप्रतिशत अर्गानिक जुस ,अचार र विरुवा उत्पादन गरिरहेको बताउनु भयो । करिब १ रोपनी क्षेत्रमा प्रत्येक बर्ष १ लाख कागतीको विरुवा उत्पादन गर्ने लक्ष्य राखेका पाण्डेयले एभोकाडो र टमाटर खेती पनि संगै गरिरहनु भएको छ । उहाँले भन्नुभयो

यस केन्द्रबाट जसले विरुवा किनेर लैजान्छ र प्राविधिक रोहवरमा विरुवा लगाउछ उसको विरुवा मरेमा निशुल्क अर्को विरुवा उपलब्ध गराउने गरेको छु । कागतीको अचार र जुस सेवनले पिनास रोगको समेत उपचार हुने हुदा कागतीको अचार विक्री बढी भइरहेको छ । ” कृषि ज्ञान केन्द्र स्याङजाबाट ६ लाख ७७ हजार अनुदान सहयोग पाएका पाण्डेयले करिब २० लाखको लगानीमा फलामको पोलमा प्लास्टिक टनेल बनाई विरुवा उत्पादन गरिरहनु भएको हो । पाल्पा र स्याङजा पेलाकोट सिरौसाका विभिन्न स्थान बाट कागती मगाइ अचार,जुस तथा विरुवा जमाइ राखेको छु ।  पहिले तरकारी खेती ,टमाटर खेती गर्दै आउनुभएका पाण्डेयले फलफुलका विरुवा नगरपालिका वा गाउँपालिका मार्फत कृषकहरुका घरघरमा पुुु¥याउन सकेमा दिगो रुपमा विरुवा उत्पादन तथा विक्री गर्ने वातावरण तयार हुने उहाँको भनाइ