बसले घरमा ठक्कर दिँदा भक्तपुरमा एकजनाको मृत्यु

१९ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


भक्तपुर/बसले घरमा ठक्कर दिँदा भक्तपुरमा एकजनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा रहेको अस्थायी घरमा शुक्रबार बेलुका बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।बसको ठक्करबाट सो घरमा बस्दै आएका सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का हिमबहादुर तामाङको मृत्यु भएको हो ।

बा १ ख ९०९० नम्बरको बसले सडक छेउमा रहेको तामाङको अस्थायी घरमा ठक्कर दिँदा उनको ज्यान गएको हो । ३० वर्षका तामाङ गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु