विराज भट्टको ‘साङ्लो’ ट्रेलर सार्वजनिक (भिडियो)

१९ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं / एक्सन स्टार विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म हलमा केही समयदेखि नै प्रदर्शन गरिएको ट्रेलर सबैका लागि आज सार्वजनिक गरिएको हो ।शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर सार्वजनिक कार्यक्रममा विराज भट्ट, निकिता चण्डक लगायतको उपस्थिति थियो ।पूर्वमिस नेपाल समेत रहेकी निकिता चण्डकको डेब्यु फिल्मका रुपमा लिइएको ‘साङ्लो’ मा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला लगायतका कलाकारको अभिनय छ ।

सार्वजनिक ट्रेलरमा भरपूर एक्सन देख्न सकिन्छ । ट्रेलरमा विराजलाई एक्सन अभिनेताका रुपमा देखाएको छ ।मानकृष्ण महर्जनले खिचेको यो फिल्मलाई शिवम् अधिकारीले लेखेका छन् भने निर्देशन विराज भट्टले गरेका हुन् ।निर्देशक भट्टकै लगानी रहेको ‘साङ्लो’ आउँदो माघ २४ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया