अमेरिकासँग ‘कडा बदला’ लिने इरानको चेतावनी

१९ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –  अमेरिकी हवाइ आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि इरानका सर्वोच्च नेताले ‘अपराधीहरूमाथि कडा बदला’ लिने चेतावनी दिएका छन् ।शुक्रवार इराकको बग्दादमा इरानी फौजका विशेष दस्ता ‘क्विड’का प्रमुख जनरल कासिम सुलेमानी अमेरिकी हवाइ हमलामा मारिएका थिए । त्यसलगत्तै इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले अमेरिकासँग कडा बदला लिने चेतावनी दिएका हुन् ।जनरल सुलेमानीको मृत्युमा इरानले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । त्यहाँका रक्षामन्त्री जावेद जारिफले सो घटनालाई अन्तर्राष्ट्रिय आतङ्कवाद भनेका छन् । यसैगरी इरानका विदेशमन्त्री जावेद जारिफले सो आक्रमणलाई ‘धेरै नै खतरनाक र मूर्खतापूर्ण’ भनेका छन् ।अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ‘राष्ट्रपतिको आदेशमा’ मारिएको बताएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सुलेमानी र इरानसमर्थित विद्रोही नेताहरू दुईवटा कारमा विमानस्थलबाट निस्कदै गर्दा आक्रमणमा परेका थिए ।इरानको लागि सुलेमानी महत्वपूर्ण व्यक्ति थिए र उनले सिधै सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको नेतृत्वमा काम गर्थे ।फेरि पनि हवाई हमला शुक्रबार मात्रै अमेरिकी हवाइ हमलामा सुलेमानी मारिएका थिए । तर इरानको चेतावनीका बाबजुड पनि अमेरिकाले इराकको बग्दादमा अर्को हवाई हमला गरेको छ ।सो हमलामा परी कम्तीमा पनि ६ जना मारिएको र एक जना गम्भीर घाइते भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै अमेरिकाले क्याम्प ताजी नजिकै दोस्रो हमला गरेको हो ।इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही घण्टापछि नै पुनः इराकमा अर्को आक्रमण भएपछि यसले इरानी नेताहरूलाइ थप चिढ्याएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने